दंगीशरण गाउँपालिकामा अट्वारी पर्वकाे थप १ दिन स्थानीय बिदा 

शनिबार, भदौ ७, २०८२

दाङ, ७ भदौ  –  दाङकाे दंगीशरण गाउँपालिकाले भदौ ९ गते  सोमबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । 
गाउँपालिकाले जारी गरेको सूचनामा गाउँपालिकाभित्र बसोबास गर्ने थारु समुदायको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक पर्व अटवारी पर्वको अवसरमा प्रदेश सरकारले २०८२/५/ ८ गते आइतबारका दिन सार्वजनिक विदा दिने भएकाे भने दंगीशरण पालिकाले थप्प एक दिन   भदौ ९ गते सोमबार सार्वजनिक बिदा दिने  भएकाे छ ।

सोही अनुसार गाउँपालिकाका सम्पूर्ण कार्यालय, विद्यालय तथा संस्था सोमबारका दिन बन्द रहनेछन् ।

गाउँपालिकाले जारी गरेको सूचनामा सार्वजनिक बिदा सम्बन्धी जानकारी सबैमा पु¥याइदिन अनुरोध गरिएको छ ।
536815852_2435782426823142_3799048660444791532_n-1755928982.jpg
 

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्