सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
गढवा,८ भदाै - गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत गठित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले गढवाका दुग्ध उत्पादक किसानहरूसँग सरकारी दरमा दुग्ध खरिद गरी प्रतिबद्धता अनुसार महिनामै भुक्तानी पाउंदा खुशीले गदगद भएका छन्।
सहकारीले २०८२ साउन ७ गते बुधबारदेखि गढवा प्रहरी चौकीको उत्तरतर्फ रहेको गढवा दुग्ध संकलन तथा बिक्री केन्द्रबाट किसानहरूले ल्याएको शुद्ध र सफा दूध खरिद गर्ने गरेको छ।
यस कार्यका लागि गाउँपालिकाले भिटा परियोजना मार्फत बुटवलस्थित विशिष्टीकृत सहकारीसँग सरकारी दरमा मासिक भुक्तानी हुने गरी सम्झौता गरेर गढवा गाउँपालिकामा उत्पादित दूध संकलन गरी बजारीकरण गर्न सुरु गरेको यसबाट सदियौ देखि दूध उत्पादक किसानको मुहारमा खुसी ल्याएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलले जानकारी दिनुभयो। गढवा गाउँपालिकाले किसानको लागत घटाई कृषि तथा पशुपालनको क्षेत्रमा ज्ञान सिप,तालिम, कृषि सामग्री हस्तान्तरण, बिउविजन, नश्ल सुधारका लागि उन्नत जातका राँगा, भकारो सुधार कार्यक्रम पश्चात उत्पादित दूधको सहज बजारीकरणको लागि यो सफल कार्यक्रम भएको अध्यक्ष पौख्रेलले बताउनुभयो।
कैयन महिनाको दूधको भुक्तानी नपाउने सस्तो दररेटमा दूध बेच्न बाध्य किसानको समस्या समाधान भएको छ, हामीले सरकारी दररेटमा दूध खरिद गरी प्रत्येक महिना भुक्तानी दिने र भैंसीका लागि सहकारी मार्फत दाना उपलब्ध गराउने गरी कार्यक्रम अघि बढाएको यसबाट किसानलाई भैसी पालनमा थप सहजता हुने बिस्वास गरेको बताउनु भयो।
यसअघि गाउँपालिकामा दूध संकलन केन्द्र सञ्चालनमा नआउँदा किसानहरूले उत्पादन गरेको दूधको समयमै भुक्तानी नपाएको गुनासो गर्दै आएका थिए। यस पटक सहकारीले सरकारी दरमा दूध खरिद गरी मासिक रुपमा अनिवार्य भुक्तानी गर्ने व्यवस्था मिलाइएको अध्यक्ष पोख्रेलले बताउनुभयो।
सरकारी दररेट अनुसार १ फ्याटको ७.१५ रुपैयाँ र १ एस एन एफ को ४.५४ रुपैयाँ सरकारी दररेट कायम गराएको गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना कार्यक्रम संयोजक बसन्तकुमार शर्माले जानकारी दिनुभयो।
साउन महिनाको भुक्तानी पाउदा भैसी पालक किसान दैवराज यादवले दुग्धको बजार अभावमा मर्कामा परेका किसानका लागि यो कार्यक्रम आशाको किरण बनेको बताउनुभयो। गढवा का यादव समुदायको मुख्य पेसा खेती र भैंसी पालन हो तर बर्खाको समयम दूध बिक्री गर्न समस्या त्यसमा पनि सस्तो दररेट र छ सात महिनासम्म भुक्तानी नपाउदा समस्या माथी झन समस्या भोग्नु परेको बताउदै पालिकाले गढवाका किसानका लागि गरेको यो एतिहासीक र सराहनीय कार्य भएको बताउनुभयो।
गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले हाल गढवा साझ बिहानको दूध संकलन गर्दै आएको छ भने केही समयमा गढवाका अन्य वडाहरु बाट समेत दूध संकलन कार्य सुरू गर्ने तयारी गरेको सहकारी संस्थाका व्यवस्थापक रम्भुनाथ चौधरीले जानकारी दिनुभयो।