Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दाङको घोराहीमा गोरखा कप भलिबल प्रतियोगिता सुरु 

बुधबार, भदौ ११, २०८२

दाङ,११ भदौ - दाङको घोराहीमा आजदेखि गोरखा कप भलिबल प्रतियोगिता सुरु भएको छ। गोरखा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कुल घोराहीको आयोजनामा प्रतियोगिता सुरु भएको हो। प्रतियोगिता उद्घाटन गर्दै घोराही उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष भानसिङ बुढा मगरले विद्यालयहरुले शैक्षिक क्रियाकलापसँगै निरन्तर खेल प्रतियोगिता आयोजना गर्नु सकारात्मक रहेको बताउनुभयो।

उहाँले शैक्षिक गुणस्तरसँगै ठूलो संख्यामा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर गोरखा ग्रुपले शैक्षिक क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो। गोरखा ग्रुपका अध्यक्ष बिष्णुप्रसाद घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन नेपालका केन्द्रीय सदस्य महेन्द्र अधिकारी र घोराही खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनले शुभकामना दिनुभएको थियो।

विद्यालयका प्राचार्य मानसिङ घर्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सन्चालन शिक्षक शोभाकर पन्थीले गर्नुभएको थियो। प्रतियोगितामा गोरखा ग्रुपअन्तर्गत गोरखा घोराही, तुलसीपुर, लमही र भालुबाङका छात्र तथा छात्रा खेलाडीहरुको सहभागिता रहेको छ। गोरखा ग्रुपको शैक्षिक क्यालेन्डरअनुसार तुलसीपुरमा फुटबल, घोराहीमा भलिबल र लमहीमा क्रिकेट खेल हुने सो ग्रुपले जनाएको छ।  साभार खाेजरफ्तार

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १८:४९
प्रतिक्रिया दिनुहोस्