Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दाङमा भूमिहीन दलित र सुकुम्बासीका लागि पहिचान–प्रमाणीकरण र पुर्जा वितरण प्रक्रियाबारे कार्यशाला सम्पन्न

शुक्रबार, भदौ १३, २०८२

दाङ,१३भदाै -  भूमि समस्या समाधान आयोग दाङले आज दाङको घोराहिमा भूमिहिन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासिको लागि पहिचान प्रमाणकरण र लालपुर्जा प्राप्तिको प्रक्रियाबारे सिकाई र अनुभव आदानप्रदान कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ।
भूमि समस्या समाधान आयोग दाङको आयोजना तथा युएन ह्याबिटेट नेपाल र भूमि कृषि कार्यक्रम दाङको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।

भूमि समस्या समाधान आयोग दाङका अध्यक्ष हुकुम बहादुर बस्नेतको अध्यक्षता तथा भूमिविज्ञ जगत देउजाको प्रमुख आतित्यतामा कार्यक्रम सम्पन्न भएको थियो  ।

कार्यक्रममा दाङका १० वटा स्थानीय तह हरूको उपस्थिति रहेको थियो भने उक्त कार्यक्रमको प्रमुख वक्ताको रुपमा  भूमिविज्ञ जगत देउजार हुनुभएको थियो। 

प्रमुख वक्ता देउजाले दाङका १० स्थानीय तहमा रहेका सम्पूर्ण भूमिन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको अवस्था संशोधित कानुन ; कार्यशैली र अन्यत्र स्थानमा गरेका कामको सिकाइ , पुर्जा वितरणको सातौं प्रक्रियाको बारेमा प्रष्ट पार्दै ऐन कानुन अनुरूप स्थानीय तह र जिल्ला समिति आयोगले समन्वय र एकताबद्ध तरिकाले काम गरे देशमा ५ लाख पुर्जा वितरण गर्न सकिने भन्दै सबै स्थानीय तहलाई काम गर्न निर्देशित गर्नुभएको थियो।  साथै गोष्ठीमा उठेका सबै प्रश्नको जवाफ समेत दिनुभएको थियो। 

यस्तैगरी जिल्ला आयोग दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले स्थानीय तहको कार्यप्रति अझै द्रुत गतिमा नाप नक्सा र प्रमाणीकरणको काम सकिसकेपछि जिल्ला आयोगमा फाईल डाटावेश  पठाउन निर्देशित गर्नुभएको थियो। परम्परागत शैलीबाट भन्दा पनि आधुनिक र नवीन प्रविधि  उपकरणको  प्रयोग गरी कामलाई द्रुत गतिमा वढाउन आग्रह गर्दै आफ्नो जिल्ला मातहतमा रहेका सम्पूर्ण पदाधिकारी कर्मचारी लाई आयोगको निर्देशितमा रहेर काम गर्न समेत निर्देशन गर्नुभएको थियो।

WhatsApp-Image-2025-08-29-at-7.05.32-PM-1756475143.jpeg
अब भूमिन दलित , भूमिहिन सुकुम्बासीको प्रक्रिया सँगसँगै  अव्यवस्थितको कामलाई पनि निरन्तर रुपमा अगाडि बढाउने गरि आयाेग ले आफ्नाे का थालनि गरुकाे  बताउनुभयाे  । 
 ,
कार्यक्रम मा घाेराहि उपमहानगर पालिका का मियर नरू लाल चाैधरि , तुल्सीपुर उपमहानगर पालिका का मियर टिकमरा खड्का , गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा , राप्ति गाउँपालिका उपाध्यक्ष कमला पति चाैधरि , बङ्गलाचुलि गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जि सि लगाएतकाले आ आफ्नाे  मन्तब्य ब्यक्त गर्नुभएकाे थियाे । 

यस्तैगरुि आयाेग का सदस्य सचिव पुरन चाैधरिले जिल्ला आयाेग काे लगत संकलन, प्रमाणिकरण,दस्ताविजकरण प्रकृया र चरण काे वारेमा प्रस्तुत गर्दै  । गाेष्ठि मा उठेका प्रश्नहरू काे जबाफ समेत दिएका दिनुभएकाे थियाे  । 

WhatsApp-Image-2025-08-29-at-7.05.32-PM-(1)-1756475401.jpeg
दाङ का १० वटै स्थानितह का भुमि शाखा प्रमुखहरू ले  पालिकाले गरेका काम काे प्रस्तुति र अनुभव आदन प्रदान समेत गरेका थिय। 

दाङ जिल्ला का १० वटै स्थानिय तहरूकाे  भुमि शाखा प्रमुख र कार्यालय प्रमुख मालपाेत कार्यालय दाङ काे समेत उपस्थिति रहेकाे कार्यक्रम काे सहजिकरण भुमि कृषि कार्यक्रम दाङ का कार्यक्रम संयाेजक रेमन्त चाैधरिले गर्नुभएकाे थियाे ।

WhatsApp-Image-2025-08-29-at-7.05.33-PM-1756475431.jpeg

WhatsApp-Image-2025-08-29-at-7.05.33-PM-(1)-1756475430.jpeg

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १९:३६
प्रतिक्रिया दिनुहोस्