Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

शिक्षक महासंघ राप्तीले धर्नासँगै बुझायो ध्यानाकर्षण पत्र

शुक्रबार, भदौ १३, २०८२

भालुवाङ, १३ भदौ - नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको निर्णयअनुसार नेपाल शिक्षक महासंघले देशभरका स्थानीय तहमा एकैसाथ धर्ना बसेर ध्यानाकर्षण पत्र बुझाएको छ।

सोही कार्यक्रमअन्तर्गत राप्ती गाउँपालिकामा पनि शुक्रबार दुई घण्टा धर्ना बसेर ध्यानाकर्षण पत्र बुझाइएको हो।

धर्नापछि महासंघले राप्ती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक र शिक्षा शाखा प्रमुख विश्वास विकलाई ध्यानाकर्षण पत्र बुझाएको थियो।

नेपाल शिक्षक महासंघ राप्तीका अध्यक्ष कुलराज जैसी र सचिव देउकुमार ओलीसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो। कार्यक्रममा सामुदायिक विद्यालयका शिक्षक, विद्यालय कर्मचारी, प्रधानाध्यापक, महासंघका पदाधिकारी तथा सदस्यहरूको उपस्थित रहेको थियो।

नेपाल शिक्षक महासंघले शिक्षा विधेयकमा सरकारसँग भएको सम्झौताका विषय समेटिन नसकेको भन्दै देशव्यापी आन्दोलनका कार्यक्रम अघि सारेको जनाएको छ। राप्तीसहित जिल्लाका दसैँ स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाइएको थियो।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  २१:२०
प्रतिक्रिया दिनुहोस्
समाचार