सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
भालुबाङ, १६ भदौ - दाङको राप्ती गाउँपालिकामा सोमबार मुक्त कमलरीका लागि निर्माण भएका नीति, बजेट तथा कार्यक्रमबारे छलफल गरिएको छ।
गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीको अध्यक्षता तथा मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा मुक्त कमलरीको अधिकार सुनिश्चितता, शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर विस्तार लगायतका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा उपाध्यक्ष चौधरीले मुक्त कमलरीलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले प्राथमिकता दिँदै आएको उल्लेख गर्दै आवश्यक नीतिगत तथा कार्यक्रमगत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले मुक्त कमलरीको पहिचान, सामाजिक सशक्तिकरण र जीवनस्तर उकास्नका लागि सबै सरोकारवालाको सक्रिय सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
छलफल कार्यक्रममा गाउँ कार्यपालिकाका सदस्यहरु, शाखा प्रमुखहरू, मुक्त कमलरी विकास मञ्चका पदाधिकारीहरूको उपस्थिति थियो। मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीको विषय प्रवेशबाट सुरु भएको कार्यक्रमको सहजीकरण कानुनी सल्लाहकार उर्मिला चौधरीले गर्नुभएको थियो।