सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
गढवा,१७ भदौ - दाङ देउखुरीको गढवा गाउँपालिका–५ गढवामा निर्माणाधीन १५ श्ययाको अस्पतालको ७० प्रतिशत निर्माण कार्य सकिएको छ । चालु आर्थिक वर्षभित्र भवनको निर्माण सकेर अस्पता सञ्चालनमा ल्याउने गरी निर्माणको काम भइरहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनुभयो।
भ्याटसहित १३ करोड ४९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएर अस्पतालको भवन निर्माण भइरहेको गढवा गाउँपालिकाका इन्जिनियर शेषमणि पौडेलले जानकारी दिनुभयो ।उहांका अनुसार साढे दुईतले भवनको ढलान सकेर अहिले वाल निर्माण भइरहेको छ । अस्पालको भवन निर्माण अन्तर्गत तल्लो तलाको काम सकेर दोस्रो तलाको काम भइरहेको इन्जिनियर पौडेलले बताउनुभयो।
उहांका अनुसार भवनको वाल निर्माणको काम सकिएपछि प्लास्टर, रङरोगन, वायरिङ हुनेछ । भवनको काममा केही पूर्वाधार र अन्तिम सजावटको काम बाँकी भएको बताउनुभयो ।
नेपाल सरकारको हरेक स्थानीय तहमा १५ श्ययाको अस्पताल निर्माण गर्ने योजना अनुसार २०७९ सालमा श्याम सुन्दर–एनबी जेभी बुटवलसँग ठेक्का सम्झौता भएर अस्पतालको भवन निर्माण सुरु भएको थियो ।
२०८१ मसान्तभित्र निर्माण सक्नुपर्ने भए पनि नसकिएपछि एक वर्ष म्याद थप गरिएको छ । अस्पताल निर्माणको काम गत वर्ष सकिनु पर्ने भए पनि समयमा भुक्तानी लगायतका अन्य समस्याले ढिलाइ भएको बताईएको छ।
अस्पताल निर्माण भएर सञ्चालन भएपछि देउखुरीको राप्ती नदी दक्षिण क्षेत्रका स्थानीयलाई स्वास्थ्य सेवा लिन सहज हुने गढवा गाउँपालिका वडा नम्बर ६ निवासी राम सुन्दर अहिले बताउनुभयो । दक्षिण देउखुरी क्षेत्रमा अस्पताल नहुँदा गढवाबासीलाई उपचार सेवा लिन लमही,घोराही , नेपालगंज बुटवल जानुपर्ने बाध्यता रहिआएको छ। अस्पताल सञ्चालनमा आए टाढा जानुपर्ने बाध्यताको अन्त्य हुने छ ।
अस्पाल नहुँदा गढवा गाउँपालिकाले स्वास्थ्य केन्द्रमा दुई जना एमबिबिएस डाक्टरसहितको जनशक्ति व्यवस्थापन गरेर बिरामीलाई २४सै घण्टा आपतकालीन (ईमरजेन्सी) सेवा दिँदै आएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले जानकारी दिनुभयो।