देशभर बदली, केहि प्रदेशमा वर्षाको सम्भावना

मंगलबार, भदौ १७, २०८२

काठमाडौँ,१७भदाै - हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावस्वरूप लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली भएको छ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा पनि वर्षा हुने अनुमान गरिएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ०७:१३
प्रतिक्रिया दिनुहोस्