सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,१६ भदौ - दाङको दंगीशरण गाउँपालिका वडा नंं.६ स्थित बागरमा यस बर्ष पनि महोत्सव सञ्चालन हुने भएको छ । दाङ–सुर्खेत सडक खण्ड अन्तर्गत बागरमा यही असोज २ देखि १३ गतेसम्म महोत्सव सञ्चालन हुने भएको हो ।
फ्रेन्डस स्केट जोन प्रालि नारायणपुर दाङको आयोजना तथा मितेरी युवा क्लब तुलसीपुरको सहआयोजनामा दोस्रो दंगीशरण कृषि,पर्यटन, ब्यापारिक तथा सांस्कृतिक महोत्सव सञ्चालन हुन लागेको हो । जसको संरक्षकमा दंगीशरण गाउँपालिका र दंगीशरण गाउँपालिका वडा नं. ६ रहेका छन् ।
स्थानीय उत्पादनलाई बजारीकरण गर्ने तथा त्यस क्षेत्रको पर्यटनलाई प्रबद्र्धन गर्न महोत्सव सञ्चालन गर्न लागिएको महोत्सव सञ्चालक समितिका संयोजक अजय बुढाथोकीले बताए । उनका अनुसार महोत्सवमा ज्योति मगर, जी–बब, राजु परियार, शान्तारानी परियार, श्याम राना,, अनु चौधरी, टीका सानु, अन्जु कुस्मी, भागीरथ चलाउने, शत्तिः चन्द, सिमरन परियारलगायतका कलाकारहरुले प्रस्तुती राख्ने छन् ।
साथै महोत्सवमा स्टलहरु पनि रहनेछन् । स्टलकालागि ३१ भदौसम्म सम्पर्क समेत सूचना जारी गरिएको छ । जहाँ गएको बर्ष पनि महाेत्सव सञ्चालन भएको थियो ।