जिल्ला समन्वय समितिको मूल्याङकनमा राप्ती गाउँपालिका जिल्ला प्रथम

बुधबार, भदौ १८, २०८२

दाङ, १८ भदौ - दाङका स्थानीय तहबीच गरिएको कार्यसम्पादन मूल्याङ्कनमा राप्ती गाउँपालिका जिल्ला प्रथम भएको छ।

जिल्ला समन्वय समिति दाङले आर्थिक वर्ष २०८१/८२ मा स्थानीय तहहरूले सम्पन्न गरेका कामको मूल्याङ्कन गर्दा जिल्लाका १० स्थानीय तहमध्ये राप्ती गाउँपालिका प्रथम भएको हो।

लिजा र एफआरए, पूँजीगत खर्चको प्रतिशत, वित्तीय अनुशासन तथा प्रस्तुतिकरणलाई आधार मानेर गरिएको मूल्याङ्कनमा राप्ती गाउँपालिकाले ५० पूर्णाङ्कमध्ये ४०.५ अंक प्राप्त गरेको छ।

त्यस्तै, घोराही उपमहानगरपालिकाले ३६.३३ अंकसहित दोस्रो स्थान हासिल गरेको छ भने बबई गाउँपालिकाले ३६.१६ अंकसहित तेस्रो स्थान प्राप्त गरेको छ।

प्रथम, दोस्रो र तेस्रो स्थानमा रहेका स्थानीय तहलाई बुधबार सम्पन्न जिल्ला समन्वय समितिको नवौँ जिल्ला सभामा सम्मान गरिएको छ।IMG-20250903-WA0001-1756890132.jpg

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्