सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
कमिरेचौर १९ भदौ - दाङको बंगलाचुलीमा मोटरसाइकल दुर्घटना हुदा ३ जना घाइते भएका छन । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कमिरेचौरले जानकारी दिएको छ । आज बिहान करिब साढे ११ बजेको समयमा घोराही मुर्कुटि सडक खण्ड अन्तर्गत बंगलाचुली गाउँपालिका वडा नम्बर ६ को बचेनी भन्ने स्थानमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय कमिरेचौरका प्रहरी सहायक निरिक्षक मधुकर बिसिले जानकारी दिनुभयो ।
कमरेचौरतर्फबाट मुर्कुटि तर्फ जादै गरेको रा २ प ५२९० नम्बरको मोटरसाइकल र बिपरित दिसा बाट आइरहेको रा ७ प ४८८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिदा मोटरसाइकल चालक बंगलाचुली गाउँपालिका वडा नम्बर ४ निवासी रमेश खड्का, पछाडि सवार बंगलाचुली गाउँपालिका फलिदे निवासी दामी घर्ती र प्युठान सरुमारानी गाउँपालिका वडा नम्वर ६ निवासी मान बहादुर र घाइते हुनुभएको प्रहरी सहायक निरिक्षक बिसिले जानकारी दिनुभएको । घाइतेहरुलाई बंगलाचुली अस्पताल कमिरेचौरमा सामान्य उपचार पश्चात् राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रेफर गरिएको उहाले जानकारी दिनुभयो । घाइते मध्ये रमेश खडकाको अवस्था गम्भीर रहेको र अन्य २ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।