दाङमा खुकुरी प्रहारबाट , दुई युवक गम्भीर घाइते

बिहीबार, भदौ १९, २०८२

दाङ,१९भदौ - दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा तुलसीपुर ५ बस्ने २० वर्षिय आयुष विक र १९ वर्षीय प्रवेश योगी रहेका छन् ।

आज बिहान ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका ६ स्याली बजार स्थित खुल्ला मैदानमा भएको खसी कप फुटबल प्रतियोगितामा युवाहरूबिच सामान्य विवाद हुँदा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिल ठकुरीले जानकारी दिए ।

घाइते योगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात् थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ भने विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।

डिएसपी ठकुरीका अनुसार घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ भने अन्य फरार रहेका छन् । फरार रहेका अन्यको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १८:१९
प्रतिक्रिया दिनुहोस्
समाचार