दाङकाे तुलसीपुरमा खुकरी प्रहार गर्ने ५ जना पक्राउ

शुक्रबार, भदौ २०, २०८२

दाङ,२९ भदाै - दाङको तुलसीपुरमा युवाहरूमाथी खुकुरी प्रहार गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरबाट विहिबार दिउँसो पाँच जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा बस्ने १८ वर्षीय जीवन विक, तुलसीपुर–६ बसपार्कका १८ वर्षीय राजेश परियार, १९ वर्षीय नवीन राना, १८ वर्षकै बसन्त परियार र नवीन सुनार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुर कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

उनीहरुलाई विहिबार दिउँसो करिब पौने ४ बजेको समयमा प्रहरीले पक्राउ गरेको हो । उनीहरुले तुलसीपुर–६ को स्याउली बजारस्थित एक नास्ता पसलमा बसिरहेको अवस्थामा विहिबार बिहान पौने ११ बजेको समयमा दुर्इ जना युवामाथी धारिलो हतियार खुकुरी प्रहार गरि फरार भएका थिए । खुकुरी प्रहारबाट तुलसीपुर–५ का २० बर्षीय आयुष बिक र २० बर्षकै विप्लभ योगी घाइते भएका छन् ।

खुकुरी प्रहारबाट आयुषको टाउको र छातीमा गम्भिर छोट लागेको छ भने विप्लभको हातमा छोट लागेको छ । घाइते मध्य आयुषको अवस्था गम्भिर रहेको छ । विहिबार बिहान राप्ती बबई क्याम्पस नजिकै गेम लेखिरहेको अवस्थामा उनीहरुको अन्य व्यक्तिसंग विबाद भएपनि घटनामा असम्बन्धित दुई युवामाथी खुकुरी प्रहार भएको बताइएको छ । घाइते दुबैजनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी बाँकेको नेपालगञ्ज रिफर गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १७:०७
प्रतिक्रिया दिनुहोस्