सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ, २२ भदौ - राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले धार्मिक स्थलहरूको संरक्षण, प्रवर्द्धन र विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो।
शनिबार राप्ती गाउँपालिका–५, पहरूवामा अवस्थित शिवसवरी धाम धार्मिक केन्द्रको प्रथम साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष बिष्टले भन्नुभयो, “शिवसवरी धाम जस्ता धार्मिक स्थलहरू हाम्रो पहिचान, आस्था र संस्कृतिका धरोहर हुन्। यसलाई व्यवस्थित गर्दै धार्मिक पर्यटनको केन्द्र बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्नेछ।”
उहाँले धार्मिक तथा सांस्कृतिक सम्पदाले समाजलाई एकताको सूत्रमा बाँध्ने भएकाले यसको संरक्षण सबैको सामूहिक जिम्मेवारी हुने उल्लेख गर्नुभयो।
साे अवसरमा सम्पन्न अधिवेशनले मिश्रुलाल चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। जसको उपाध्यक्षमा हरिबहादुर बुढाक्षेत्री, सचिव राजेन्द्र चौधरी, सह–सचिव ओमप्रकाश गुप्ता, कोषाध्यक्ष शिशिर चौधरी र सदस्यहरूमा शान्तिदेवी चौधरी, मोतीराम भट्टराईलगायत रहनुभएको छ।
नयाँ कार्यसमितिले धार्मिक केन्द्रलाई थप व्यवस्थित गर्दै यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा सक्रियता देखाउने प्रतिबद्धता जनाएको छ।