तुलसीपुर उपमहानगरको गाडी जलेपछि युवाले उठाउन थाले फोहर

सोमबार, भदौ ३०, २०८२

दाङ, ३० भदौ  - दाङको तुलसीपुर उपमहानगरपालिकाको फोहर फाल्ने गाडीमा आगजनी भएर फोहर नउठेपछि युवाहरुले फोहर उठाउने अभियान थालेका छन् ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

तुलसीपुरका दुई युवा भुपेन्द्र वली र प्रकाश भण्डारीले बजारमा ब्यापक फोहर भएपछि यो अभियान थालेको बताउनुभयो ।“उपमहानगरपालिकाको गाडी जलेको छ, त्यसैले फोहर उठेको छैन”,वलीले भन्नुभयो“फोहर नउठेपछि बजार नै दुर्गन्धित हुन थाल्यो, त्यसैले हामीले यो अभियान थालेका हौं ।”

उपमहानगरपालिकाले फोहर उठाउन सुरु नगर्दासम्म आफूहरुले यो अभियान थाल्ने वलीको भनाई छ । उपमहानगरपालिकासंग समन्वय गरेर यो कार्य गरिएको उहाँको भनाई छ । २ जना कर्मचारी राखेर यसरी फोहर उठाउन थालिएको हो ।

समाजलाई अफ्टेरो पर्दा युवाहरुले यस्ता अभियान सुरु गर्नुपर्ने भन्दै ट्याक्टर भाडामा लिएर भएपनि यो अभियान सुरु गरेको उहाँको भनाई छ ।

जेनजीको आन्दोलनका क्रममा तुलसीपुर उपमहानगरपालिकाको फोहर फाल्ने गाडी समेत जलेको थियो । जसले गर्दा एक हप्तादेखि तुलसीपुर बजार भित्रको फोहर उठ्न सकेको थिएन ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्
समाचार