सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
सिसहनियाँ, २ असोज - दाङको राप्ती गाउँपालिका–५ करङ्गेकोटस्थित जनता माध्यमिक विद्यालयमा नवनिर्मित चार कोठे पक्की भवनको उद्घाटन गरिएको छ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत करिब ४५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवनको उद्घाटन गाउँपालिका अध्यक्ष प्रकाश विष्टले गर्नुभएकाे हाे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर थापा मगरको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष विष्टले शिक्षाको गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार अनिवार्य हुने बताउनुभयो। उहाँले नयाँ भवनले विद्यार्थीलाई सहज वातावरणमा अध्ययन गर्न सहयोग पुर्याउने उल्लेख गर्नुभयो।
अध्यक्ष विष्टले निर्वाचित भएलगत्तै विद्यालयलाई माध्यमिक तह (कक्षा १० सम्म) अध्यापनको अनुमति प्रदान गरिएको स्मरण गर्दै, यसले विकट क्षेत्रमा रहेका विद्यार्थीलाई पढाइका लागि तराई झर्नुपर्ने बाध्यता अन्त्य भएको धारणा राख्नुभयो।कार्यक्रममा वडा नं. ५ का अध्यक्ष देवप्रसाद चौधरी, वडा नं. ९ का अध्यक्ष रिमबहादुर सुनारी मगर, कार्यपालिका सदस्य रणबहादुर पुजाली, वडा सदस्य भुपलाल थापा मगर, निमित्त प्रधानाध्यापक पुरन चौधरी, विद्यालय व्यवस्थापन समितिका सदस्य मनोज दर्लामी मगरलगायतले आफ्ना मन्तव्य व्यक्त गर्नुभएकाे थियो।
शिक्षिका पुजा राना मगरकाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे सहजीकरण शिक्षक पिताम्बर यादवले गर्नुभएको थियो।