राप्ती गाउँपालिकाद्वारा संविधान दिवसको अवसरमा कार्यालय परिसर सरसफाई

बिहीबार, असोज २, २०८२

दाङ, २ असोज  - संविधान दिवस–२०८२ को अवसरमा राप्ती गाउँपालिकाले बिहीबार कार्यालय परिसर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

गाउँपालिका, वडा कार्यालय तथा विभिन्न स्वास्थ्य संस्था परिसरमा सरसफाई गरिएको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठक, विभिन्न शाखाका शाखा प्रमुख तथा कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

यस अवसरमा संविधान दिवसलाई ऐतिहासिक दिनका रूपमा स्मरण गर्दै लोकतान्त्रिक संविधानप्रति सम्मान र ऐक्यबद्धताको सन्देश प्रवाह गरिएको गाउँपालिकाले जनाएको छ।

त्यस्तै, बेलुका कार्यालयमा दीप प्रज्वलन कार्यक्रमसमेत गरिने बताइएको छ।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्