दाङमा ४७ सरकारी कार्यालय र १८९ सवारी साधनमा आगजनी

बिहीबार, असोज २, २०८२
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

दाङ,२असोज – दाङमा भदौ २४ गते जेनजी आन्दोलनका क्रममा छ घन्टामा ४७ सरकारी कार्यालय र १८९ सवारी साधनमा आगजनी तथा तोडफोड गरिएको छ।आन्दोलनका क्रममा १२ बजेपछि बेलुकी ६ बजेसम्म जिल्लामा सरकारी कार्यालय, सवारी साधन, सबै क्षतिविक्षत रूपमा ध्वस्त पारिएको थियो।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

प्रारम्भिक विवरण अनुसार, २४ वटा सरकारी कार्यालयका ४७ वटा भवनमा ढुंगामुडा, तोडफोड र आगजनी गरिएको छ। त्यसैगरी, एक सय ८९ सवारी साधनमा पनि व्यापक क्षति पुर्याइएको छ। ४० वटा चारपाङ्ग्रे सवारी साधन, जसमध्ये ३३ वटा सरकारी गाडी, दुई वटा निजी गाडी, तीन वटा टिप्पर, दमकल, स्काभेटर, ट्याक्टर, लोडर, ट्याङकर लगायतका वाहनहरु पूर्ण रूपमा ध्वस्त भएका छन्।

दाङको तुलसीपुरमा रहेका विभिन्न सरकारी कार्यालयहरूको अवस्था पनि विक्षिप्त छ। उच्च सरकारी वकिल कार्यालय, आन्तरिक राजस्व कार्यालय र यातायात व्यवस्था कार्यालयका ३÷३ वटा भवन आगजनीमा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै, जिल्ला समन्वय समिति, जिल्ला ट्राफिक प्रहरी कार्यालय, भूमि तथा जलाधार कार्यालय र तुलसीपुर उपमहानगरपालिकाका भवनमा पनि आगजनीबाट ठूलो क्षति भएको छ। साभार : खाेजरफ्तार


प्रशासकीय अधिकृत विजय गौतमका अनुसार, निजी निवास, पार्टी कार्यालय र संघ संस्थाका भवनहरूमा भएको क्षतिको विवरण संकलन गर्ने कार्य सुरू भएको छ। यसलाई पूर्ण रूपमा विवरण गरेर, आर्थिक क्षतिको आकलन पनि गर्न लागिएको छ।

आन्दोलनका क्रममा भएको क्षति र नोक्सानीको विवरण संकलन कार्य अहिले जारी रहेको छ, र यससँगै मुआब्जाको प्रक्रिया पनि छिट्टै सुरू हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  २०:२३
प्रतिक्रिया दिनुहोस्