कलश सहकारीको १४ औं साधारणसभा सम्पन्न

आइतबार, असोज ५, २०८२
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

दाङ,५असोज - दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारणसभा आजशनिवार घोराहीमा सम्पन्नभएको छ । संस्थाकाअध्यक्षमाधवखनालको अध्यक्षतातथाजिल्ला सहकारी संघ लिमिटेड दाङकाअध्यक्ष हेमराजगौतमको प्रमुखआतिथ्यमा साधारणसभा सम्पन्नभएको हो ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

कार्यक्रमकाप्रमुखअतिथिजिल्ला सहकारी संघ लिमिटेडदाङकाअध्यक्ष हेमराजगौतमले कलश सहकारी राज्यले पालनागर्नुपर्ने भनी तय गरेकाअधिकाम्स मापदण्ड र शर्त पुरा गरेको भन्दै प्रसम्सागर्नुभयो  । कलश सहकारीले जिल्लामै  उदाहरणीय  कार्य गरेको भन्दै गौतमले संस्थाले अघी सारेका योजनालाई अझप्रभावकारी बढाउन सुझावदिनुभयो ।     कार्यक्रमकाअर्का प्रशिक्षकजिल्ला बचत संघका सचिव रामकृष्ण आचार्यले शेयर सदस्यको सानोसानो  बचतलाई संकलन  गरेर दिर्घकालिन योजनाअनुसार संस्थाले कामगरिरहेकोमाखुशीब्यक्तगर्नुभयो ।Kalash-Photo-(3)-1758419871.jpgकार्यक्रममा संस्थाकानिर्वतमानअध्यक्षएंव सल्लाहकार बालचन्द्र  शर्माले संस्थाको स्थापनादेखि हालसम्म संस्थाले गरेको काम, योजना र भावी रणनितिका बारेमाजानकारी गराउनु भएको थियो । बिगतमाबिषम परिस्थितमापनिकलश सहकारीले आफूलाई जोगाउदै हालसम्मल्याएको भन्दै शर्माले आगामीदिनमा संस्थालाई एक अब्बल संस्थाबनाउने गरी दिर्घकालिन रणनैतिककार्यक्रमअनुसार अघी बढेको बताउनुभयो ।कार्यक्रमकाअतिथि नेपािलपत्रकार महासंघ दाङकाअध्यक्ष सन्तोष सुवेदीले युवाहरुको नेतृत्वमा योजनाका साथ अघी बढेको कलश सहकारीले आफूलाई सञ्चारमैत्री संस्थाका रुपमा स्थापित गरेको बताउनुभयो ।कार्यक्रममाबाल बचत कर्ता रक्षाशर्माले संस्थाले गरिरहेको बाल बचत कार्यक्रमले  आफू जस्ता बालबालिकालाई बचत गर्न सिकाएको बताउनुभयो ।

साधारणसभामाप्रगतिप्रतिवेदन प्रस्तुतगर्दै सचिवविमल योगीले २०६५ सालमा स्थापनाभएको सहकारी संस्थाबाट बचत तथा ऋण संकल र परिचालनसंगै सहकारी पसलमार्फत सदस्य र उपभोक्तालाई सेवादिइरहेको जानकारी दिनुभयो । स्थापनाकालमा २५ जनाबाट सुरुवातगरिएको सहकारी संस्थामाहाल १४ सय २० जना शेयर सदस्य र चार सय २० जनाबाल सदस्य रहेको उहाँले जानकारी दिनुभयो । संस्थाले समाजसंग जोडिन र सदस्यलाई सक्रियबनाउनशिक्षाउपसमितिमार्फत सहकारी शिक्षाकार्यक्रम सञ्चालनगर्नुका साथै बिभिन्नबिद्यालयमाविपन्नबिद्यार्थीलाई पढाइमा सहयोग पू¥याउनअक्ष्यकोषको स्थापना समेत गरेको प्रतिवेदनमाउल्लेख गरिएको छ ।


साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुतगर्दै कोषाध्यक्षनवराज भण्डारीले संस्थाले गतआ.व.२०८१÷०८२ माएक अर्व ४९ करोड ४७लाख एक हजार आठ सय १५ रुपैयाको आर्थिक कारोवार भएको जानकारी दिनुभयो । जसमाकुलआम्दानी एक करोड ४४ लाख ९० हजार आठ सय ९५ रुपैया र खर्च तर्फ एक करोड ९ लाख७८ हजार एक सय ४७ रुपैया खर्च भई ४८ लाख७६ हजार ९ सय ५१ रुपैया आयकरअघि खुदआम्दानीभएको उहाँले जानकारी दिनुभयो ।

संस्थाकाउपाध्यक्षचन्द्रावतीपौडेलको स्वागत मन्तव्यबाट सुरु भएको साधारणसभामा उत्कृष्ट बचतकर्ता राधान्यौपाने,उत्कृष्ट ऋण कारोवार गर्ने रुपलालचौधरी,धेरै शेयर सदस्यता बृद्धि गर्ने हेमराजशर्मा,जेष्ठ शेयर सदस्यहरु ओमप्रसादपौडेल,हुतादेविअधिकारी,सहकारी बजार परियोजनामाउत्कृष्ट कारोवार गर्ने भानबहादुर खड्का,संरक्षितपूँजिफिर्ता कोषको रकम सवै भन्दा धेरै प्राप्तगर्ने दिनेश गौतम र उत्कृष्ट बालबचतकर्ता कृजल रावतलाई प्रमाणपत्रले सम्मानगरिएको थियो । 

यस्तै संस्थामाबाल बचत गरिरहेकामध्ये  २०८१ सालको एस.ई.ई.माउत्कृष्ट चार जि.पि.ए.ल्याउने बाल सदस्यहरु सक्षमअधिकारी,सविन भूसाल र रक्षाशर्मा तथाउत्कृष्ट जिपिएल्याउने भिजन केसी,सिमरन योगी,रुपमपौडेल,जोसनापोख्रेल,नीतिशर्मा,कुन्दन केसी,आशिका रोका,विवेक पोख्रेल,पृतम पोख्रेल,आर्यन पाण्डेय,प्रजितपौडेल,स्वर्णिमापुन,विश्वास वली र सीतापौडेललाई सम्मानगरिएको थियो । 

सो अवसरमा संस्थाको १८ औै स्थापनादिवसको अवसरमा रक्तदानगर्नेहरु निवेश खनाल,प्रकाशअधिकारी,चेतनाथ पाण्डये,शालिकरामखनाल,तेज बहादुर रावत,दामोदर पौडेल,शरद चौधरी,युवराजथपलिया,गायत्राखनाल,कमल थपलिया,लक्ष्मण शर्मा,श्रीकान्तअधिकारी,संतोष केसी,टिकारामपौडेलजीवन महरा,प्रविण पन्थि,प्रकाशगुप्ता,ईश्वरी प्रसादआचार्य,बिक्रमअधिकारी,काशिराम पाण्डेय,कोमलराज पाण्डेय,सरिता बुढाथोकी,धुव्रराजपौडेल,चन्द्रप्रभापुन मगर,केशव खड्का,सरोज आचार्य र गेहेन्द्र वस्नेतलाई सम्मानपत्रले सम्मानगरिएको थियो । 

कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक हरिहर आचार्य र ऋण उपसमिति संयोजकइश्वरी प्रसादआचार्यले आफ्नो बिषयगतप्रतिवेदन प्रस्तुतगर्नु भएको थियो ।कार्यक्रममाजनज्योतिविद्यामन्दिर घोराहीकी छात्रा जलजला  डाँगी, ज्योतिपुञ्ज आवासीयमाध्यमिकविद्यालय घोराहीका छात्राहरु रोजिलावली,सम्युष्ता पाण्डेय र सिजलअधिकारीले एकलएंव सामुहिक नृत्य प्रस्तुतगर्नु भएको थियो । साधारणसभामाउपस्थितलाई सञ्चालकशालिकरामखनालले धन्यवाददिनु भएको  थियो  भने कार्यक्रमको सहजिकरण सचिवबिमल योगीले गर्नु भएको थियो । 

Kalash-Photo-(1)-1758419936.jpg

Kalash-Photo-(4)-1758419936.jpg

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  ०७:४४
प्रतिक्रिया दिनुहोस्