विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्र हटाइए,कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त

आइतबार, असोज ५, २०८२

काठमाडौँ,५ असाेज - सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारले उक्त पदमा मनोज सिलवाललाई नियुक्त गरेको छ।

हितेन्द्रलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्।

केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ चैत्र ११ गते कुलमान घिसिङलाई बर्खास्त गर्दै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्त गरेको थियो।

शाक्य यसअघि पनि ओली प्रधानमन्त्री हुँदा प्राधिकरणका निर्देशक बनेका थिए।

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  २१:३२
प्रतिक्रिया दिनुहोस्