सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
भालुबाङ, १० असोज - दाङको राप्ती गाउँपालिकामा विजया दशमी २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार गाउँपालिकाको सभाहल मसुरियामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चाैधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकसहित जनप्रतिनिधि तथा विभिन्न शाखाका कर्मचारीहरूको उपस्थितिमा आपसी शुभकामना आदानप्रदान गरिएको थियो।
सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले विजया दशमी धार्मिक–सांस्कृतिक पर्व मात्र नभई एकता, सहयोग र सहकार्यको प्रेरणा दिने पर्व भएको बताउनुभयो। उहाँले चाडपर्वलाई भड्किलो र खर्चिलो रूपमा नभई आपसी सद्भाव, हर्ष–उल्लास र उमंगका साथ मनाउनुपर्नेमा जोड दिनुभयो। साथै उहाँले गाउँपालिकाको विकास र समृद्धिका लागि सबै मिलेर हातेमालो गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
गाउँपालिका उपाध्यक्ष कमलापति चाैधरीले विजया दशमी सत्यको विजय र अन्यायमाथि न्यायको प्रतीक भएको भन्दै यस पर्वले सबैलाई नयाँ उमंग र हौसला प्रदान गर्ने बताउनुभयो। उहाँले संस्कृतिको संरक्षणसँगै आधुनिक विकास यात्रामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले शुभकामना व्यक्त गर्दै गाउँपालिकाको प्रशासनिक कार्यलाई अझ प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारीबीच सहकार्यलाई सुदृढ गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले विजया दशमीले आपसी विश्वास र एकताको वातावरणलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो।