दाङ–सल्यान सिमा क्षेत्र चोरखोलामा माइक्रोबस दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

आइतबार, असोज १२, २०८२
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

दाङ,१२ असाेज -  दाङ–सल्यान सिमा क्षेत्र चोरखोलामा माइक्रोबस दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको ज्यान गएको छ । दुई जना पुरुष र एक महिलाको ज्यान गएको हो । ज्यान गुमाउनेको परिचय खुल्न बाँकी छ ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

रुकुमबाट दाङ तुलसीपुरका लागि छुटेको लु २ ख ६५०२ नम्बरको माइक्रोबस कपुरकोट–३ चोरखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा दुई जना घाइते छन् ।

उनीहरुको तुलसीपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाउने तयारी भइरहेको छ । घटनास्थलमा अहिले उद्दार कार्य चलिरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  ०८:१९
प्रतिक्रिया दिनुहोस्