नागढुङ्गा चेकपोष्टबाट २५० सवारीसाधन काठमाडौं फर्काइए

शनिबार, असोज १८, २०८२
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

काठमाडौं,१८ असाेज – खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुङ्गा चेकपोष्टबाट बाहिरिन लागेका २५० सवारी साधनलाई काठमाडौंतर्फ नै फर्काएको छ ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

धादिङमा पहिरो खसेको तथा तत्काल खुलाउन सक्ने अवस्था नरहेकाले २५० भन्दा बढी सवारी साधनलाई काठमाडौँ फर्काइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।


आज बिहानदेखि नै नागढुङ्गा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै ट्राफिक प्रहरीले ‘माइकिङ’ गरिरहेको उहाँले बताउनुभयाे ।

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १५:१०
प्रतिक्रिया दिनुहोस्