पाँचथरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ६ जना गम्भीर घाइते

शनिबार, असोज १८, २०८२
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

काठमाडौं,१८ असाेज - पाँचथरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । यस्तै अन्य ६ जना यात्रुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

मृतकहरूको सनाखत हुन बाँकी रहेको छ । यस्तै घाइतेमध्ये ५ जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र १ जनालाई जिल्ला अस्पतालमा उपचारका लागि लगिएको पाँचथरका डिएसपी अनिशकुमार कर्णले जानकारी दिए । 

शनिबार मध्याह्न तमोर करिडोर अन्तरगत कुम्मायक गाउँपालिका वडा नम्बर ३, कार्तिके भन्ने स्थानमा पिकअप गाडी दुर्घटना भएको थियो । मे १ ज ३०५५ नम्बरकाे पिकअप  सडकबाट अनियन्त्रित भई करिब ५ सय मिटर तल खसेकाे प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  १५:१९
प्रतिक्रिया दिनुहोस्