रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु

आइतबार, असोज १९, २०८२
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

रौतहट,१७ असाेज - रौतहटमा चट्याङ लागेर तीन जनाको ज्यान गएको छ । ईशनाथ नगरपालिका–८ मनसरी टोलका करिब ४५ वर्षीय ननका भन्ने शेख जमरुण, कटहरीया नगरपालिका–२ अतियाही टोलका करिब १७ वर्षीय सरोज लहेरी र सोही ठाउँमा बस्ने करिब १६ वर्षीय नबिन यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

प्रहरीका अनुसार शेख जमरुणको आज विहान साँढे ८ बजेतिर आफ्नै घरको बरण्डामा बसिरहेको अवस्थामा चट्याङ लागेर ज्यान गएको हो । यस्तै, लहेरी र यादवको हिजो बेलुकी साँढे ६ बजे अतियाही टोलको भित्री सडकखण्डमा ज्यान गएको प्रहरीले जनाएको छ । 

यस्तै, रौतहटमै खोलामा डुबेर वृद्धाको ज्यान गएको छ । माधव नारायण नगरपालिका ८ का ७५ वर्षीया पन्मा देवी रायको खोलामा डुबी ज्यान गएको प्रहरीले जनाएको छ । घरदेखि करिब २ किलोमिटर उत्तर पूर्वमा पर्ने बागमती खोलामा दाउरा टिप्ने क्रममा खोलामा डुबी आज विहान साँढे ९ बजेको समयमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  १५:३२
प्रतिक्रिया दिनुहोस्