राप्तीमा पोषण तथा खाद्य सुरक्षा सम्बन्धी पालिका स्तरीय बैठक सम्पन्न

बुधबार, असोज २९, २०८२
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

भालुबाङ, २९ असोज - दाङको राप्ती गाउँपालिकामा “पोषणमार्फत जीवन रूपान्तरण परियोजना” अन्तर्गत पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति र सरोकारवालाबीचको बैठक तथा छलफल कार्यक्रम सोमबार गाउँपालिकाकाे सभाहल मसुरियामा सम्पन्न भएको छ।WhatsApp-Image-2025-10-13-at-6.16.34-PM-(1)-1760489878.jpeg

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कुपोषण न्यूनीकरणका उपाय र रणनीतिबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले राप्ती गाउँपालिका अझै पनि कुपोषणको चपेटामा रहेको जनाउँदै सो समस्याको समाधानका लागि पालिका गम्भीर रूपमा लागेको बताउनुभयो। उहाँले कुपोषण न्यूनीकरणका लागि खानपानमा सुधार आवश्यक रहेको उल्लेख गर्दै कोदो, फापर जस्ता अर्गानिक उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो।

त्यस्तै, उहाँले कम उमेरमा बच्चा जन्माउनु समेत कुपोषणको एक कारण भएकाले यसबारे सचेतना अभिवृद्धि गर्नुपर्ने सुझाव दिनुभयो।

अध्यक्ष विष्टका अनुसार पालिकाले कुपोषित बालबालिकाको पहिचान गरी उनीहरूलाई आवश्यक पोषण सहयोग पुर्‍याउने कार्यलाई निरन्तरता दिइरहेको छ। यसका लागि हेलेन केलर,आईडीई,बेसलगायतका संस्थाहरूसँगको सहकार्यमा काम भइरहेको पनि उहाँले बताउनुभयो।

उहाँले यस वर्षकाे बजेट जनमुखी र उपलब्धिमूलक कार्यमा खर्च गर्न समेत संस्थालाई सुझाव दिनुभयो ।

कार्यक्रमका क्रममा आईडीईका परियोजना अधिकृत सन्तोष कुमार शर्माले नेपालको स्तनपानको अवस्था र बालपोषणसम्बन्धी तथ्याङ्कबारे सहभागीहरूलाई जानकारी गराउनुभयो। शर्माका अनुसार “पोषणमार्फत जीवन रूपान्तरण परियोजना” ले २ हजार दिनको अवधिमा पाँच जीवनरक्षक पोषण कार्यहरू उच्च गुणस्तरमा विस्तार गरी बालकुपोषणका प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। उक्त परियोजना संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्यमा लुम्बिनी प्रदेशका चार जिल्लाका ४३ स्थानीय तहमा सञ्चालनमा रहेको जानकारी पनि उहाँले दिनुभयो।

त्यस्तै, बेस संस्थाका कार्यक्रम संयोजक सुरेश चौधरीले लुम्बिनी प्रदेशमा पोषण अवस्था उच्च जोखिममा रहेको बताउँदै हालसम्म सञ्चालन भएका कामको तथ्याङ्क र प्रगतिबारे जानकारी प्रस्तुत गर्नुभयो। उहाँले राप्ती गाउँपालिकामा यस वर्ष सञ्चालन गरिने पोषण सुधारका कार्यक्रमबारे पनि सहभागीहरूलाई जानकारी गराउनुभयो।

छलफल कार्यक्रममा वडाध्यक्षहरू, कृषि तथा पोषण अधिकृत, बेसका प्रतिनिधि तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गर्नुभएको थियो। सहभागीहरूले आगामी दिनमा पोषण सुधारका कार्यलाई अझ सशक्त र प्रभावकारी बनाउन स्थानीय सरकार, समुदाय र विकास साझेदारबीचको सहकार्य अपरिहार्य रहेकोमा 

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  ०६:४४
प्रतिक्रिया दिनुहोस्