बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

बिहीबार, कात्तिक १३, २०८२

बैतडी,१३ कात्तिक - शिवनाथ धामको मेलाबाट फर्किने क्रममा मेलौली नगरपालिका–७ स्वाखानीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

से १ ज ७३२ नम्बरको बालेरो जिप दुर्घटनामा परेर मेलौली नगरपालिका–२ दुर्गास्थान स्वाडीकी २४ वर्षीया तुलसी पाण्डेयको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्स्पेक्टर बल्देव बडुले जानकारी दिनुभयो ।

घाइते हुनेमा जिप चालक दशरथचन्द नगरपालिका–७ सुर्कालका ३२ वर्षीय जनकराज बडु, मेलौली–२ का ६५ वर्षीय डम्बर पाण्डेय, उहाँका छोराहरू ३४ वर्षीय हरि पाण्डेय र २८ वर्षीय ओमप्रकाश पाण्डेय रहेका छन् । चालक बाहेक मृतक र घाइतेहरू एउटै परिवारका हुन् ।

जिप सडकबाट करिब १० मिटर तल खसेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ 

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  ०८:२६
प्रतिक्रिया दिनुहोस्
समाचार