बंगलाचुली गाउँपालिकाद्वारा भैलो महोत्सव २०८२को तयारी पूरा, भोली हरिबोधनी एकादशीका दिन भव्य रुपमा सञ्चालन हुने

शुक्रबार, कात्तिक १४, २०८२

कमिरेचौर १४ कार्तिक - दाङकाे बंगलाचुली गाउँपालिकाले संचालन गर्न लागेको भैलो महोत्सव २०८२ को सम्पूर्ण तयारी पुरा भएको छ । स्थानीय मौलिक कला, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्य सहति बंगलाचुली गाउँपालिकाले भोली कार्तिक १५ गते (हरिबोधनी एकादशीका दिन)आयोजना गरेको परम्पारगत भैलो महोत्सवको तयारी पुरा भएको बंगलाचुली गाउँपालिकाले जनाएको छ ।  

“परम्परागत लोक,कला,संस्कृति, संस्कार र भेषभुषाहरुको पुस्तान्तरणको गर्ने उद्देश्यका साथ गाउँपालिकाले प्रत्येक वर्षझै यस वर्ष पनि मौलिक लोककला संस्कृतिमा आधारित मौलिक भैलो महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनले जानकारी दिनुभयो  ।

भैलो महोत्सवमा सहभागिताका लागि गाउँपालिकाभित्रका विभिन्न भैलो समूहहरुले नाम दर्ता गराएका भैलो महोत्सव व्यवस्थापन समितिका संयोजक एवं वडा नम्वर ५ का अध्यक्ष लिला बहादुर घर्तिले जानकारी दिनुभयो । उहाँका अनुसार यो समाचार तयार पार्दा सम्म १८ वटा भैलो समुहले आफ्नो प्रस्तुतिका लागि नाम दर्ता गराई सकेका छन् । जसमा महोत्सवमा मौलिक भैलो प्रस्तुतीका लागि शिवालय टोल भैलो समूह , दारीम टोल भैलो समूह, मालारानी भैलो समूह, श्रीबारी भैलो समूह, लेखतापा भैलो समूह, साकुलाचौर भैलो समूह, साँकिने भैलो समूह, उपल्लो लाहापे भैलो समूह  र कोलह भैलो समूहले नाम दर्ता गराएका छन् । 
  
त्यस्तै भैलो महोत्सवमा बसाई झेलखोल भैलो समूह, फलिदे भैलो समहू , मुर्कुटी भैलो समूह ,रिभान भैलो समूह , अमारे भैलो समूह, तिम्ले भैलो समूह ,छापडाँडाँ पूख्र्यौली भैलो समूह , घरीचौर ब्राह्क्षेत्र भैलो समूह र सिरुखर्क भैलो समूह भैलो सहभागी हुने भैलो महोत्सव व्यवस्थापन समितिका संयोजक एवं बंगलाचुली गाँउपालिका वडा नं. ५ वडा अध्यक्ष  लिलाबहादुर घर्तीमगरले जानकारी दिनुभयो ।

यसैविच बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन मगरले भोली भैलो महोत्सव नरोकिने बताउनुभएको छ । केहीदिन यता लगातार ‘मोन्था’ वर्षा भईरहे पनि शुक्रवार रातीदेखि वर्षा रोकिने मौसम विभागको पूर्वानुमान रहेको हुदाँ गाउँपालिकाले भैलो महोत्सव नरोक्ने निर्णय लिएको अध्यक्ष पुनले बताउनुभएको छ ।

अध्यक्ष पुनले ढुक्क सँग गाउँपालिकाले आयोजना गरेको भैलो महोत्सवमा सहभागिता जनाई स्थानीय कला, संस्कृति जर्गेना गर्नका लागि स्थानीय सरकारले थालेको अभियानमा हातेमालो गर्न सबैमा अनुरोध समेत गर्नुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  २१:३८
प्रतिक्रिया दिनुहोस्