बंगलाचुलीमा परम्परागत भैलो महोत्सव भव्य रूपमा सम्पन्न, स्थानीय कला संस्कृतिको प्रदर्शन

भैलो महोत्सव पुस्तान्तरणको अभियान हो : प्रदेश सांसद राजु खनाल
शनिबार, कात्तिक १५, २०८२

दाङ,१५ कार्तिक - दाङको बंगलाचुली लेकमा एकदिने बृहत भैलो महोत्सव सम्पन्न भएको छ । बंगलाचुली गाउँपालिकाले आज शनिबार बंगलाचुली लेकमा स्थानीय कला, संस्कृति संरक्षणका लागि आयोजना गरेको बृहत भैलो महोत्सव भब्य रुपमा सम्पन्न भएको हो ।575947925_1527520861772909_3512712553586736674_n-1762133617.jpgबंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनको अध्यक्षता एवं लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थमन्त्री राजु खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले हाम्रा समाजमा लोप हुँदै गएका मौलिक  लोक कला र संस्कृतिलाई  जगेर्ना गर्दै परम्परागत संस्कृतिको रक्षा गर्नुपर्ने बताउनुभयो । 

 

उहाँले बंगलाचुली गाउँपालिकाले भैलो महोत्सव आयोजना गरेर यहाँको परम्परागत संस्कृतिहरुको संरक्षणसँगै व्यवस्थापनमा महत्त्वपूर्ण काम गरेको भन्दै आगामी दिनमा पनि भैलो महोत्सवलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

पछिल्लो समयमा बजारमा एउटा म्यजिकको भरमा भैलो नाचहरु भइरहेको छन् । अन्य नाचहरु भइरहेका छन्।  तर, त्यसले हाम्रा विस्तारै परम्परा र संस्कारहरु हराउँदै गएको छ, उहाँले भन्नुभयो । परम्परागत हाम्रा पूर्खाले सिर्जना गरेका बाजाहरु हराउँदै गएको र त्यसको जगेर्ना गर्नको लागि सबैजना लाग्नुपर्ने उहाँले  बताउनुभयो ।

 प्रमुख अतिथि राजु खनालले नेपालको संविधानले दिएको अधिकार अनुसार स्थानीय कला संस्कृतिलाई जोगाउनका लागि  प्रदेश र केन्द्र सरकारले कार्यक्रम बनाएर अझ हाम्रा संस्कार संस्कृतिलाई व्यवस्थित बनाउने प्रक्रियामा आफूहरू रहेको बताउनुभयो । उहाँले बंगलाचुलीको कला र संस्कृति संरक्षणको जगेर्ना  गर्नका लागि आफू सँगसँगै रहने बताउनुभयो । अहिले हाम्रा संस्कारहरु हराउँदै गएको भन्दै उहाँले यो भैलो महोत्सव पुस्तान्तरणको अभियान भएको समेत बताउनुभयो ।RAJU-KHANAL-1762003050.jpg

बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनले बंगलाचुली लेकमा विगत तीन वर्षदेखि परम्परागत भैलो महोत्सव सञ्चालन  गर्दै आइरहेको बताउनुभयो । उहाँले गाउँपालिकाभित्रमा लोप हुँदै  जान लागेका परम्परागत कला र संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले भैलो महोत्सवलाई निरन्तरता दिँदै आएको बाताउनुभयो । यो भैलो महोत्सवमा स्थानीय मौलिक कला र संस्कृतिको संरक्षणसँगसँगै  सीपको हस्तान्तरण हुँदै गएको छ, उहाँले भन्नुभयो  । एक आपसमा छुट्टीएर रहेको गाउँ समाजलाई यो महोत्सवले सबैलाई एकताको सूत्रमा  बाध्ने काम गरेको समेत गरेको अध्यक्ष पुनले बताउनुभयो । Subas-pun-1762053437.jpgगाउँपालिका अध्यक्ष तुलसीराम पुनले भैलो र बंगलाचुली गाउँपालिका पर्यावाचिक भएको र  यहाँको भैलोले परम्परागत संस्कारलाई उजागर गरेको छ । भैलो महोत्सवको बारेमा बाहिर जुन खालको विवाद भएको  हल्लाको प्रचार भएतापनि माण्डवि गाउँपालिका र बंगलाचुली गाउँपालिकाको अध्यक्षको सहमति अनुसार अगाडि बढेको उहाँको भनाइ थियो । भैलो महोत्सव सञ्चालन गरेर गाउँपालिकाले कुनैपनि आम्दानी प्राप्त नगरेको कुरामा जोडदिँदै महोत्सव स्थलबाट प्राप्त भएको आम्दानी समितिले लिने गरेको उहाँले बताउनुभयो ।

 गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीले महोत्सवमा उपस्थित सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै २०६५/०६६ सालदेखि यहाँको पर्यटन क्षेत्रलाई विकास र विस्तार गर्नका लागि अगाडि बढ्दै आएको बताउनुभयो । उहाँले यो बंगलाचुली लेकलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि हरिबोधिनि एका दशमीका दिन विगत तीन वर्षदेखि भैलो महोत्सव सञ्चालन गर्दै आएको बताउनुभयो । बंगलाचुलीको पौराणिक रुपमा रहेको भैलोलाई संरक्षण गर्दै अगाडि बढाउने उहाँको भनाइ थियो । 

574502713_1527521165106212_336694795481261125_n-1762133740.jpg

575947925_1527520861772909_3512712553586736674_n-1762133617.jpg

574478044_1527521288439533_2082467409326324917_n-1762133594.jpg

574870762_1527521351772860_8035679627179869937_n-1762133559.jpg

कार्यक्रममा नेकपा माओवादी (केन्द्र) बंगलाचुलीका अध्यक्ष सविराम कामी,  नेपाली कांग्रेस बंगलाचुलीका सभापति जागेश्वरीअधिकारी, नेकपा एमाले बंगलाचुलीका अध्यक्ष लिलाबहादुर पाटा मगर, नेकपा बंगलाचुलीका संयोजक भिमबहादुर राणा लगायत विभिन्न राजनीति दलका नेता, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पालिकाका विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन हास्य कलाकार कमल गाउँलेले गर्नुभएको थियो ।kamal-gaule-1762003212.jpg

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १९:१०
प्रतिक्रिया दिनुहोस्