सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,१९ कात्तिक - दाङकाे बंगलाचुली गाउँपालिका वडा नं. ५ स्थित कोल सास्कृतिक भैलो समुहले असहाय अपाङग तथा विपन्न परिवारलाइ सहयोग हस्तान्तरण गरेको छ। भैलो समुहले आज एक कार्यक्रमको आयोजना गरी वडा भित्रका विपन्न असहाय तथा अपाङग ३ जनालाइ नगद सहयोग हस्तान्तरण गरिएको भैलो समुहका अगुवा फनाधर बुढा ललितले जानकारी दिनुभयो ।
अपाङग तथा असहाय करिव ७२ बर्षिय फनाधर थापा दृष्टिविहिन करिव ५५ बर्षिय सावित्रा नेपाली विपन्न तथा असहाय लक्ष्मी बुढा गरी तीन जनालाइ जनही रु ५ हजारका दरले सहयोग रकम हस्तान्तरण गरिएको हो।
बंगलाचुली गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष लिला बहादुर घर्तिको प्रमुख आतिथ्यता तथा भैलो समुहका अगुवा फनाधर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय भैलो समुहका सदस्य हरु सन्चार्मि वडा नम्बर ५ का वडा सदस्य यमलाल बुढा लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै वडा अध्यक्ष लिला बहादुर घर्तिले परम्परागत तथा साँस्कृतिक भैलो सँस्कृति पुस्तान्तरण नभइ लोप हुँदै गइरहेको सन्दर्भमा कोल भैलो समुहले अहिलेसम्म बचाइ राखेको मा खुशी ब्यक्त गर्नु भयो।
पहिले पहिले भैलोको रकम खायर सिद्याउने चलन रहेकोमा समयको परिवर्तन सङगै पछिल्लो समय केहि रकम सामाजिक कार्यमा पनि खर्च गर्ने प्रचलन बढ्दै जानु सकारात्मक पक्ष भएको बताउनु भयो।कोल भैलो समुहको यस सामाजिक कार्यले अन्य यस्ता भैलो समुहलाइ पनि सिकाइ हुने भन्दै समुहको यस्तो काम सराहनिय भएकोमा जोड दिनुभयो।
कार्यक्रममा बोल्दै भैलो समुहका अगुवा फनाधर बुढाले यसअघि पनि आफ्नो भैलो समुहले यस्ता थुपै सामाजिक कार्य हरुमा खर्च गरेको जानकारी दिनुभयो ।
अगुवा बुढाले हालसम्म मृगौला पिडित साविक हाँसिपुर वडा नं.८ का खिमानसिङ पुनका परिवारलाइ १७ हजार २सय १५ र पछि स्थानिय भैलो समुह भित्रबाट ब्यक्तिगत समेत गरि झण्डै ४२ हजार बाढि पिडित शिबलाल बुढालाइ करिव ५ हजार भालुको आक्रमणबाट घाइते तिर्थ बहादुर पुन झेलनेटा कोल सडक मर्मतका लागि करिव ३० हजार स्थानिय खानेपानि योजनाका लागि पाइप खरिद सुधा माविको महायज्ञको लागि ३३ हजार ३ सय स्थानिय कोलको विधालयलाइ बर्षेनि ३ देखि ५ हजार स्वर्गिय राधिका घर्तिलाइ आर्थिक सहयोग गरेको स्मरण गर्नुभयो । करिव २६ स्थानिय घरधुरि सहित कोल भैलो जिल्ला सदरमुकाम घोराहीमा समेत २०७१ सालदेखि नियमित जसो भैलो नाच्न जाने गरेका छन।
लापोन्मुख परम्परागत भैलोलाइ पछिल्लाे पुस्तालाइ समेत हस्तान्तरण गर्न लागि परेको बताउने बुढाले सम्पुण दान दाताहरुलाइ समेत धन्यबाद दिनुभयो ।