सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
भालुबाङ,१९ कार्तिक - दाङको राप्ती गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ को विनियोजित बजेट कार्यान्वयनका लागि स्थलगत अवलोकन गरिएको छ।गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको पहलमा लुम्बिनी प्रदेश सरकारबाट धार्मिक तथा पर्यटकीय क्षेत्रकाे स्तराेन्नतीका लागि विनियोजित बजेट कार्यान्वयनकाे लागि स्थलगत अवलोकन गरिएको हाे।
प्रदेश सरकारले पर्यटन डिभिजन कार्यालय, कोहलपुर मार्फत कार्यान्वयन हुने गरि करिब १ करोड ४६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। उक्त विनियोजित बजेटमा २० प्रतिशत कटौती भई आएको कार्यालय प्रमुख मुक्ति प्रसाद पाण्डे बताउनुभयो ।
अवलोकन कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,पर्यटन डिभिजन कार्यालय प्रमुख मुक्ति प्रसाद पाण्डे, इन्जिनियर राजकुमार निरौला, अन्य जनप्रतिनिधि र स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो।
अनुगमन पछि इन्जिनियर निरौलाले बजेट कार्यान्वयनका लागि आवश्यक प्रक्रिया छिट्टै अघि बढाइने जानकारी दिनुभयो। यससँगै गाउँपालिकाका धार्मिक र पर्यटकीय स्थलमा नयाँ आकर्षण थपिने अपेक्षा गरिएको छ।