सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,२० कात्तिक - दाङको बबई गाउँपालिका–४ स्थित राजी खहरे खोलाबाट अवैध रूपमा ढुंगा उत्खनन गरी ल्याउँदै गरेका तीनवटा ट्याक्टर नियन्त्रणमा लिइएका छन्।
इलाका प्रहरी कार्यालय खिलतपुरले अनटेष्ट (ON TEST) नम्बरको एकवटा ट्याक्टर तथा इलाका प्रहरी कार्यालय हापुरेले रा १ त २८१५ र रा १ त ४४८३ नम्बरका दुईवटा ट्याक्टर गरी जम्मा तीनवटा ट्याक्टर नियन्त्रणमा लिएको हो।
नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न रहेका ती ट्याक्टरहरूलाई बबई गाउँपालिकाले प्रति ट्याक्टर १० हजार रुपैयाँका दरले जरिवाना गरी आवश्यक कारबाहीपछि सम्बन्धित व्यक्तिहरूको जिम्मामा बुझाइएकाे बबई गाउँपालिकाले जनाएको छ।
स्थानीय प्रशासनले अनधिकृत रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने गतिविधि नियन्त्रण गर्न नियमित अनुगमन र कारबाही जारी राख्ने जनाएको छ।