दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

बंगलाचुली–३ मा टोलस्तरीय क्रिकेट प्रतियोगिता हुने

बिहीबार, कात्तिक २०, २०८२

दाङ, २० कात्तिक - दाङको बंगलाचुली गाउँपालिका–३, मा टोलस्तरीय  क्रिकेट खेल प्रतियोगिता आयोजना हुने भएको छ। गाउँपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत रु. १,००,००० (एक लाख रुपैयाँ) बजेट विनियोजन गरी आगामी कार्तिक २५ र २६ गते श्री महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिने भएको हो।

वडा अध्यक्ष शाेभाराज विश्वकर्माका अनुसार प्रतियोगिता सञ्चालनका लागि अनुमानित खर्च विवरणमा प्रथम पुरस्कार रु. २५,०००, द्वितीय पुरस्कार रु. १२,०००, खेलका लागि सामान खरिद तथा व्यवस्थापनमा रु. ३४,०००, रिफ्रिस्मेन्टमा रु. ५,००० र खेलाडी ड्रेस खरिदमा रु. ३०,००० रहने उल्लेख गरिएको छ।

प्रतियोगितामा सहभागी हुन बंगलाचुली–३ का टोल तथा टिम दर्ता गर्नुपर्ने र टिम दर्ता मिति २०८२/०८/२५ भित्र गर्न सकिने जनाइएको छ। खेल नकआउट प्रणालीमा खेलाइने र खेल सम्बन्धी कुनै विवाद वा निर्णय खेल आयोजक समितिको निर्णय अन्तिम हुने सार्वजनिक सूचनामा उल्लेख गरिएको छ।

व577799304_122125706690979907_8881386278100417131_n-1762428781.jpg
डा कार्यालयले प्रतियोगितामा स्थानीय युवाको सक्रिय सहभागिता, खेलकुदमार्फत एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्य रहेको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १७:२०
प्रतिक्रिया दिनुहोस्