सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,२०कात्तिक - काट्दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ सुकिदह निवासी मृगौला पिडित राधिका घर्तिको उपाचारको लागि उठेको रकम हस्तान्तरण गरिएको छ ।
पिडित घर्तिको उपचारको क्रममा मृत्यु भएको थियो । बंगलाचुली गाउँपालिका वडा नम्बर ५ झेलनेटा निवासी पवित्रा घर्ति क्षेत्रिको पहलमा सहयोग अभियान सञ्चालन गरिएको थियो
सो अभियानमा दाङको बंगलाचुलीका विभिन्न स्थानबाट साथै रोजगारीको लागि भारत सहित विभिन्न देशमा रोजगारीको लागि गएका व्यक्तिहरुबाट र अन्य विभिन्न जिल्लाबाट गरि ६ लाख ३ हजार ९ सय ५३ रुपैया सहयोगार्थ रकम संकलन भएको थियो ।
सो रकम आज एक कार्यक्रमका विच बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुन र उपाध्यक्ष भक्त बहादुर जिसिको रोहबरमा स्वर्गिय राधिका घर्तीको छोरा विष्णु घर्तिलाइ हस्तान्तरण गरिएको हो । बंगलाचुली गाउँपालिका वडा नम्बर ५ गुरासेनि निवासी हाल दक्षिण कोरियामा रोजगारीको सिलसिलामा रहनुभएका गिर बहादुर बुढाको पहलमा २ लाख २६ हजार ८० रुपैया, बंगलाचुली गाउँपालिका वडा नम्बर ५ झेलनेटा निवासी पवित्रा घर्तिको पहलमा १ लाख १५ हजार ४३ रुपैया, बंगलाचुली गाउँपालिका वडा नम्बर ५ मसुरे निवासी हाल भारतमा रोजगारीको सिलसिलामा रहनुभएका भुपबहादुर वलीको मार्फत ८८ हजार ७ सय ५१ रुपैया , प्युठानको माण्डबि गाउँपालिका २ पुकरुक निवासी दिल बहादुर घर्ति मगर मार्फत ८६ हजार २ सय १२ रुपैया, यस्तै रोजगारीको सिलसिलामा साइप्रस रहनुभएका बंगलाचुली गाउँपालिका वडा नम्बर ५ निवासी दिमान सिह थापा हाल र रोजगारीको सिलसिलामा भारत रहनुभएका वडा नम्बर ६ निवासी शोभाराम वली मार्फत ४७ हजार ८ सय ८४ रुपैया र बंगलाचुली गाउँपालिका वडा नम्बर ५ झलनेटा निवासी गोकर्ण बहादुर बुढा मार्फत ३९ हजार ९ सय ८३ रुपैया गरी जम्मा ६ लाख ३ हजार ९ सय ५३ रुपैया सयोगार्थ रकम संकलन भएको थियो ।
सो रकमबाट औषधी उपचार , क्रिया खर्च, गाडी भाडा र अन्य विविधमा रु २ लाख ८९ हजार ६ सय ७५ रुपैया खर्च भएको थियो । बाँकी बचत भएको रु ३ लाख १४ हजार २ सय ७८ रुपैयाको चेक उहाँको छोरालाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपालिका कार्यपालिका सदस्य रमा पुनले गर्नुभएको थियो ।