समाज विकास सञ्जालको एघारौं वार्षिक साधारणसभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न

शनिबार, कात्तिक २२, २०८२

कमिरेचौर २२ कार्तिक - समाज विकास सञ्जाल बंगलाचुलीको एघारौं वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण कार्यक्रम आज कमिरेचौरमा सम्पन्न भएको छ । सञ्जालका अध्यक्ष शशिराम गिरीको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको प्रमुख आतिथ्यता र गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसिको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । WhatsApp-Image-2025-11-08-at-5.23.58-PM-1762603740.jpeg

कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन संस्थाका समाज विकास सञ्जालका व्यवस्थापक बासुदेव भण्डारीले प्रस्तुत गर्नुभएको थियो । यस्तै आर्थिक प्रतिवेदन समाज विकास सञ्जालका पुर्व अध्यक्ष भिम बहादुर रानाले प्रस्तुत गर्नुभएको थियो । भने संस्थाका अध्यक्ष शसिराम गिरीले आगामी योजनाहरु प्रस्तुत गर्नुभएको थियो । 577759728_2373631053107921_5317995638515011222_n-1762603875.jpgकार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले बंगलाचुली गाउँपालिकाको विकासको लागि समाज विकास सञ्जालले समाजमा स्थानीय सरकार र विभिन्न संघ संस्थासँगको समन्वयमा काम गरिरहेकाे बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष पुनले गाउँपालिकाले सञ्जालसँगको बजेटको वर्षेनि आकार बढाउदै लगेको बताउनुभयो । समाजमा बालविवाहको समस्या व्याप्त रहेकोले यसको न्युनिकरण गर्न समाज विकास सञ्जाल सँग सहकार्य गरिने उहाँले बताउनुभयो । WhatsApp-Image-2025-11-08-at-5.23.56-PM-(1)-1762603945.jpegअध्यक्ष पुनले समुदायमा संस्थाले खानेपानी, सरसफाइ, कृषि तथा पशुपालन, जलबायु अनुकुलन सचेतना वृद्धि जस्ता थुप्रै महत्त्वपूर्ण काम गरेकोमा प्रसंसा समेत गर्नुभयो । 

फरक प्रसँगमा युवाहरुलाई स्वरोजगार बनाउन गाउँपालिकाले विभिन्न सिपमुलक तालिमको आयोजना गर्ने गरेको अध्यक्ष पुनले बताउनुभयो । 

कार्यक्रममा बोल्दै बंगलाभुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसिले  गाउँपालिकाले गरेको हरेक कामको वकालत समाज विकास सञ्जालले गर्नुपर्ने बताउनुभयो । साथै उहाँले सो संस्थाले सञ्जालले बंगलाचुली बासिको खुसिको लागि गर्ने हरेक कामको गाउँपालिकाले हरेक काममा साथ दिने उहाले बताउनुभयो । पालिकाभित्र रहेका सिमान्तकृत समुदायका मानिसहरुको सीप क्षमता विकास गर्ने र स्थानीय स्रोत साधन परिचालनमा संस्थाले विशेष जोड दिएको उल्लेख गर्नुभयो ।साथै उहाँले आगामी योजना सफलताको शुभकामना व्यक्त गर्नुभयो । 577777434_2373631026441257_6774964135797673785_n-1762604055.jpgकार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ३ का वडा अध्यक्ष शोभाराज विश्वकर्माले ११ बर्षको अवधिमा समाज विकास सञ्जालले समाजमा गरेका महत्त्वपूर्ण कार्यक्रमहरुको प्रसंसा गर्नुभयो । स्थापना कालदेखि नै सञ्जालले गाउँ गाउँमा आर्थिक साथै मानवीय विकासमा विभिन्न काम गर्दै आएको बताउनुभयो । 579103173_2373631086441251_4816071073807520108_n-1762604265.jpgकार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष इन्द्रमणि वली, दक्षिण देउखुरी अधिकार मञ्च गढवाका अध्यक्ष देवराज कवर लगायतले मन्तव्य राख्नुभएको थियो ।  

यसैविच समाज विकास सञ्जालले ११ ओै वार्षिक साधारणसभाको अवसरमा शारीरिक रुपमा अशक्त रहनुभएका २ जनालाई आर्थिक सहयोग गरेको छ । बागिविकास समुहका सदस्य राधा डाँगी र हिमाली समुहका सदस्य राजकुमार विकलाई नगद २० हजारका दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । संस्थाका अध्यक्ष शसिराम गिरी र प्रमुख अतिथि बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले चेक हस्तान्तरण गर्नुभएको हो । 

संस्थाका उपाध्यक्ष देवा देवि पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सामुदायिक प्रशिक्षक पवित्रा रिजालले गर्नुभएको थियो ।

WhatsApp-Image-2025-11-08-at-5.23.52-PM-1762604332.jpeg

WhatsApp-Image-2025-11-08-at-5.23.53-PM-1762604331.jpeg

WhatsApp-Image-2025-11-08-at-5.23.56-PM-1762604329.jpeg

WhatsApp-Image-2025-11-08-at-5.24.01-PM-(1)-1762604329.jpeg

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  १८:०४
प्रतिक्रिया दिनुहोस्