गढवामा शून्य होम डेलिभरीका लागि वडा छनोट कार्यक्रम सम्पन्न

मंगलबार, कात्तिक २५, २०८२

गढवा,२५ कार्तिक - दाङ देउखुरीको गढवा गाउँपालिकामा शून्य होम डेलिभरी अभियानलाई प्रभावकारी बनाउन वडा छनोट कार्यक्रम सम्पन्न भएको छ।

गढवा गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष लेखबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले वडा नं. ५ लाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा तथा सुनिश्चितता घोषणा गर्नका लागि छनोट गर्ने निर्णय गरेको हो।

बैठकमा सामाजिक विकास समितिका सदस्यहरू रमा भण्डारी, श्यामबहादुर बिक, प्रेरणा चन्द, अशोककुमार यादव, सुरेश पौडेल, कर्ताराम यादव र कैलाशचन्द्र चौधरी उपस्थिति रहेको थियो भने आमन्त्रित अतिथिहरूमा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेल, स्वास्थ्य शाखाका रोहित चौधरी र मनिषा गैरे, साथै ‘प्रेरणा परियोजना’ का सामाजिक परिचालक अमित यादव लगायतको सहभागिता रहेको थियो।

कार्यक्रम गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा ‘प्रेरणा परियोजना’को आर्थिक सहयोगमा सम्पन्न भएको हो।

कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीले गर्नुभएको थियो।

578266382_1601402721225503_5880707057900151632_n-1762878970.jpg

579241240_1601402894558819_811038819326090881_n-1762878968.jpg

581778930_1601402814558827_2542233700988302344_n-1762878968.jpg

580538303_1601402964558812_1113844196832009798_n-1762878965.jpg

579186546_1601403101225465_1154497278387608419_n-1762878965.jpg

579579079_1601403027892139_7839211752643756209_n-1762878964.jpg

581269447_1601403134558795_7033509032112885548_n-1762878962.jpg

578905878_1601402634558845_2084681360239069157_n-1762878962.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  २२:२२
प्रतिक्रिया दिनुहोस्