दाेस्राे शान्तिनगर महोत्सव–२०८२ मंसिर १ गतेदेखि १० गतेसम्म हुने

आइतबार, कात्तिक ३०, २०८२

दाङ - बबई गाउँपालिका–४ हापुरेमा रहेकाे के.आई.ए मिडिया हाउस प्रा.लि.ले आयोजना गर्न लागेको दाेस्राे शान्तिनगर महोत्सव–२०८२ को मिति परिमार्जन गरिएको छ। पूर्वतयारीका केही कारणहरूका बीच महोत्सव मंसिर कात्तिक २६ गतेदेखि हुने प्रारम्भिक योजना परिवर्तन भई अब मंसिर १ गतेदेखि नै सुरु हुने आयोजकले जनाएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

आयोजक संस्थाका अनुसार महोत्सवको तयारी, स्थान व्यवस्थापन लगायतका प्राविधिक पक्षलाई ध्यानमा राख्दै मिति अघि सारिएको हो। सांस्कृतिक एवं स्थानीयस्तरमा समन्वयका केही कार्य सम्पन्न हुन बाँकी रहेकोले परिमार्जन आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।

यसअघि सूचना प्रवाहमा भएको ढिलाइ एवं भ्रमका कारण क्षमायाचना गर्दै आयोजकले आगामी मंसिर १ गतेदेखि मंसिर १० गतेसम्म महोत्सव सञ्चालन हुने जानकारी गराएको छ। महोत्सवमा स्थानीय कला, संस्कृति, मनोरञ्जन तथा विविध कार्यक्रम समावेश गरिने तयारी रहेको बताइन्छ।

सांस्कृतिक संयोजक यम बहादुर पुन र कार्यक्रम संयोजक अर्जुन परियारद्वारा हस्ताक्षरित विज्ञप्तिमा महोत्सव सफल बनाउन स्थानीय समुदाय, सरोकारवाला, संघ–संस्था तथा शुभेच्छुकहरूलाई सक्रिय सहयोग र सहभागिताको आग्रह गरिएको छ।577861494_4176670032589084_1278130365770530720_n-1763311527.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  २२:३१
प्रतिक्रिया दिनुहोस्