सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,१ मंसिर - दाङको शान्तिनगरमा सन्चालन हुने दोस्रो शान्तिनगर सास्कृतिक तथा ब्यापारिक महोत्सब २०८२ को तयारी पूरा भएको छ । केआईए मिडिया हाउस बबईको आयोजनामा महोत्सव सन्चालन हुन लागेको हो ।
मंसिर १० गतेसम्म सन्चालन हुने महोत्सवको शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले गर्ने आयोजक केआइए मिडिया हाउसका सन्चालक एव महोत्सव संयोजक अर्जुन परियारले जानकारी दिनुभयो।महोत्सवमा ५० वटा ब्यापारिक स्टल, बाल उध्यान, मौत्काकुवा, पिङलगायतको ब्यबस्था रहेको महोत्सव मुल आयोजक समितिका सास्कृतिक संयोजक यामबहादुर पुनले जानकारी दिनुभयो।
महोत्सव उद्घाटन मंसिर १गतेसोमबार झाकी/जुलुससहित उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पहिलो दिन महोत्सव प्रबेशका लागि नि:शुल्क ब्यबस्था रहेको छ । दोस्रो दिनदेखी प्रबेश गर्न एक सय रुपैयाको टिकटको ब्यबस्था गरिएको छ।