Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

बंगलाचुलीमा छैठौं बंगलाचुली कप प्रतियोगिता सुरु

आइतबार, मंसिर ७, २०८२

बंगलाचुली, ७ मंसिर - दाङको बंगलाचुलीमा छैठौं  बंगलाचुली कप प्रतियोगिता सुरुभएको छ । गाउँपालिका आयोजनामा आइतबारदेखि गढीलेख खेलकुद मैदानमा प्रतियोगिता सुरुभएको हो ।

बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनको अध्यक्षता भएको कार्यक्रमको उद्घाटन पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै पूर्व सञ्चारमन्त्री रेखा शर्माले बंगलाचुली गाउँपालिकाले खेलकुद विकासका लागि महत्त्वपूर्ण काम गर्दै आइरहेको बताउनुभयो । उहाँले जिल्लाको  दुर्गम ठाउँमा रहेको  बंगलाचुलीले विकास निर्माणका कामसँगै खेलकुदलाई पनि प्राथमिकतासाथ अगाडि बढाउदै आएको कुरामा जोड दिनुभएको थियो । खेलकुद आफैमा शारीरिक र मानसिक विकासको निम्ति नभइ नहुने क्रियाकलाप भएको समेत उहाँले बताउनुभयो ।

पछिल्लो समय खेलकुद क्रियाकलाप एउटा शैक्षिक  र मनोरञ्जन मात्रै नभएर  राष्ट्रकै गौरव बनाउने एउटा माध्यम बनेको छ, उहाँले भन्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आफ्नो र राष्ट्रको नाम चिनाउने एउटा खेलकुद माध्यम समेत बनेको उहाँले बताउनुभयो । बंगलाचुलीको खेलकुद प्रतियोगिता प्रत्येक वर्ष राम्रो हुँदै गएको कुरामा जोडदिँदै खेलाडीहरुले पनि आफ्नो  नाम  जिल्ला, प्रदेश र संघमा खेलकुद माध्यमबाटै चिनानुपर्नेमा उहाँको जोड थियो ।7581_optimized_2000-1763902929.jpg

मन्त्री शर्माले प्रतिनिधिसभाको निर्वाचन तोकिकै समयमा हुनुपर्ने बताउनुभयो । उहाँले जेनजी आन्दोलन पछि घोषणा भएको निर्वाचन तोकिएकै समयमा नभए फेरि देश अर्को आन्दोलनमा जान सक्ने औल्याउनुभयो । जेनजी आन्दोलनले देशलाई नयाँ मोडमा लगेको र यसले पुराना राजनीति दलहरूलाई सोच्न बाध्य बनाएको उहाँको बताउनुभयो ।  नयाँलाई देश र राजनीतिको चिन्ता छैन् भन्ने जुन खालको प्रवृति थियो तर, पछिल्लो जेनजी आन्दोलनले युवा पुस्तालाई जवरजस्त राजनीतिमा ल्याएको मन्त्री शर्माले बताउनुभयो । राजनीति दलहरूमा युवाहरूको प्रभाव बढ्दै गएको छ, उहाँले भन्नुभयो । युवाहरू देशप्रति चिन्ता गर्ने र देशमा भएको सुशासनको पक्षमा आउने र भ्रष्टाचारको विरुद्धमा बोल्छन् भन्ने वातावरण बनेको उहाँको भनाइ छ ।

पालिकाका अध्यक्ष तुलसीराम पुनले गाउँपालिकाले स्थानीयस्तरका खेलाडीलाई संरक्षणसँगै खेलकुदको विकासका लागि हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो । उहाँले प्रतियोगितामा सहभागी भएका सम्पूर्ण खेलाडीहरुलाई अनुशासित भएर खेल खेल्न र आफ्नो टिमलाई जिताउन प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिनुभयो ।  587757935_1545062593352069_9222913478276885136_n-1763906817.jpg

त्यसैगरी गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसीले पालिकाले विगत पाँच वर्षदेखि पालिकास्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो । उहाँले खेलकुदसँगै स्थानीयस्तरका खेलाडीहरुलाई  संरक्षण गर्ने र राम्रा खेलाडी उत्पादन गर्ने उद्देश्यले गाउँपालिकाले खेलकुदलाई निरन्तरता दिएको बताउनुभएको थियो ।587121867_1545062663352062_6289819189479937510_n-1763906851.jpg

पालिकाको सामाजिक विकास समितिका संयोजक गणेश विश्वकर्माको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, वडाका वडाध्यक्षहरु, पालिकाका राजनीति दलका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, पालिकाका कर्मचारीहरु, आठ वटै वडाका खेलाडीहरु लगायतको उपस्थिति रहेको थियो ।588604766_1545062766685385_5851077962197589679_n-1763906883.jpg

दुई दिनसम्म चल्ने पुरुष तथा महिला भलिबल र पुरुष क्रिकेट विधा खेलकुद प्रतियोगितामा पालिकाभित्रका आठ वटै वडाबाट दुई सय ६५ जना खेलाडीहरुले सहभागिता जनाएका छन् ।
कार्यक्रमको सञ्चालन पालिकाका शिक्षा शाखा प्रमुख ओमप्रकाश केसीले गर्नुभएको थियो ।587845167_1545062913352037_2368944697673678982_n-1763906944.jpg

प्रतियोगितामा भलिबलतर्फ प्रथम, द्वितीय, तृतीय हुने खेलाडीहरुले क्रमशः २६ हजार, १६ हजार र नौ हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै क्रिकेटतर्फ विजेता र उपविजेता हुने टिमले क्रमशः ३० हजार र १८ हजार नगद पुरस्कारसहित  शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।587971153_1545063626685299_537452928321170148_n-1763906978.jpg

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १८:४८
प्रतिक्रिया दिनुहोस्
समाचार