Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

अम्बिका मावि हर्नाेकले ६० ओैँ बार्षिक उत्सव मनायाे

आइतबार, मंसिर ७, २०८२

दाङ,७ मंसिर - अम्विका मावि हर्नाेक दाङले आफ्नो ६० ओै बार्षिक उत्सव भव्य रूपमा मनाएकाे छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद पाण्डेकाे अध्यक्षता तथा घाेराही उप महानगरपालिकाका उपमेयर हुमा डिसीकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रम विभिन्न विधामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थि, बिभिन्न खेलकुद,हाजिरी जवाफ तथा नृत्य प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियाे ।

यस्तैगरी विषयतगत रूपमा उत्कृष्ट नतिजा ल्याउन भूमिका खेल्ने विद्यालयका प्रधानाध्यापक सन्त बहादुर पुन,सहायक प्रधानाध्यापक हरिबहादुर विष्ट,शिक्षकहरू प्रमाेद पन्थि,भुपेन्द्रप्रकास वली,अनिल कुमार तथा उत्कृष्ट शिक्षककाे रूपमा शशिधर पाण्डे  र वालिका विष्टलाई कदरपत्रले सम्मान गरिएको थियाे । यस्तै लामाे सयम विद्यालयमा अध्यापन गराई सरूवा भएर जानुभएका शिक्षक रञ्जना गाैतम,मन बहादुर बम र सुनिता घर्तिलाई कदरपत्रले सम्मान गरिएको थियाे । भने नवनियुक्त शिक्षक यमराज पाेख्रेललाई  स्वागत गरिएको थियाे ।

कार्यक्रममा गत बर्षकाे १२ कक्षाकाे परीक्षा,एसईई परीक्षा लगायत बार्षिक परीक्षामा सर्वाेकृष्ट अङ्क  प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियाे। विद्यालयका मावि शिक्षक मधुसुदन भट्टराईकाे स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सन्त बहादुर पुनले विद्यालयकाे शैक्षिक,आर्थिक,भाैतिक तथा शैक्षिक गुणस्तरका वारेमा बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे । कार्यक्रमकाे सञ्चालन विद्यालयका शिक्षकहरू हरि बहादुर विष्ट र विमल याेगीले गर्नुभएको थियाे । साे अवसरमा शिक्षक भुपेन्द्र प्रकाश वली, विदाई भएर जानुभएका शिक्षक मन बहादुर बम,पत्रकार विष्णु आर्ट,अभिभावक शारदा सेडाई,बाल क्लवकी सिमरन परियार लगायतले बाेल्नुभएकाे थियाे ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  २०:०४
प्रतिक्रिया दिनुहोस्
समाचार