नेभ्ला को ३६औँ स्थापना दिवस : दाङमा दुई स्थानमा पशु स्वास्थ्य शिविर

मंगलबार, मंसिर ९, २०८२

दाङ ९ ,मंसिर - नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन (नेभ्ला) को ३६औँ स्थापना दिवसको अवसरमा दाङ शाखाले जिल्लाका दुई स्थानमा मंगलबार पशु स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

स्थापना दिवसलाई उपलब्धिमूलक बनाउन महाप्रभु गौशाला, राप्ती–२ र चिसापानी गौशाला, दंगिशरण–६ मा रहेका पशुहरूमा औषधि उपचार, परजीवी नियन्त्रण, बन्ध्याकरण तथा गोठ वरपरको सरसफाइ गरिएको हाे।

कार्यक्रममा दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, कालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जोहरमान मियाँ, नेभ्ला दाङका पदाधिकारीहरू लगायत स्थानीय पाराभेटरहरूको सहभागिता रहेको थियो। आयोजकले यस किसिमका कार्यक्रमले पशु स्वास्थ्य सुधार र समुदायमा जागरुकता फैलाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  २२:१०
प्रतिक्रिया दिनुहोस्