दाेस्राे शान्तिनगर महोत्सव पाच दिन थप

बुधबार, मंसिर १०, २०८२

दाङ,१० मंसिर - के–आई–ए मिडिया हाउसको आयोजनामा शान्तिनगर–५, दाङमा सञ्चालन भइरहेको दोस्रो शान्तिनगर सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८२ थप ५ दिन लम्बिएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

महोत्सवलाई शान्तिनगर गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालय दाङबाट आवश्यक अनुमति प्राप्त भएको आयोजक समितिले जनाएको छ।

मंसिर १० गतेसम्म चल्ने तय गरिएको महोत्सव अब मंसिर १५ गतेसम्म सञ्चालन हुने भएको महोत्सव संयोजक अर्जुन परियारले जानकारी दिनुभयो।

आयोजकका अनुसार महोत्सवमा विभिन्न सांस्कृतिक प्रस्तुति, व्यापारिक स्टल, स्थानीय उत्पादन प्रदर्शन र मनोरञ्जनात्मक कार्यक्रमहरू निरन्तर जारी रहेका छन्।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्