Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दंगीशरणका किसानलाइ ५० प्रतिशत अनुदानमा च्याउको बीउ बितरण

बुधबार, मंसिर १०, २०८२

दाङ, १० मंसिर - दाङको दंगीशरण गाउँपालिका र समृद्ध समाजको संयुक्त साझेदारीमा गाउँपालिकाभित्रका किसानहरूलाई ५० प्रतिशत अनुदानमा च्याउको बीउ वितरण गरिएको छ। गाउँपालिकाले सूचना जारी गर्दै बीउ लिन इच्छुक कृषक समूहहरूबाट माग आव्हान गरेको थियो।

कृषि सहायक अधिकृत मानबहादुर डाँगीका अनुसार ६० वटा कृषक समूहले च्याउ बीउका लागि आवेदन दिएका थिए। कुल दुई लाख बराबरको बीउमध्ये गाउँपालिकाबाट ५० हजार, समृद्ध समाजबाट ५० हजार र किसान स्वयंले १ लाख रुपैयाँ योगदान गरेका छन्।

बीउ वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भु गिरीले किसानलाई प्रविधिमैत्री कृषि उत्पादनमा प्रोत्साहन गर्न विभिन्न अनुदान तथा सामग्री वितरण गर्दै आएको जानकारी दिनुभयो। उहाँले कृषि यान्त्रीकरणमार्फत किसानलाई थप लाभ उठाउन सकिने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, उपाध्यक्ष पिमा वलि खड्काले घरमै बसेर महिलाले आय–आर्जन गर्न सकून् भन्ने उद्देश्यले च्याउखेतीलाई प्राथमिकतामा राख्दै ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको बताउनुभयो।

बीउ पाएको किसानहरूले च्याउ खेतीमार्फत आम्दानी वृद्धि हुने अपेक्षा व्यक्त गरेका छन्। साचार  तुलसीपुर खबरबाट साभार गरिएकाे ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  २१:३०
प्रतिक्रिया दिनुहोस्
समाचार