Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

बंगलाचुलीमा कर्मचारीहरुकाे स्वागत तथा फेरि भेटौंला कार्यक्रम सम्पन्न

सोमबार, मंसिर १५, २०८२

कमिरेचाैर,१५ मंसिर -  विभिन्न कर्मचारीहरुकाे स्वागत तथा फेरि भेटौंला कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बंगलाचुली गाउँपालिकाबाट सरुवा भई राेल्पाकाे थवाङ गाउँपालिका जानु भएका प्राविधिक अधिकृत भरत कुमार डाँगीकाे फेरि भेटौला तथा बिदाइ  कार्यक्रम भएको छ । 

त्यसैगरी भुमे गाउँपालिका रुकुम पूर्वबाट सरुवाभई बंगलाचुली गाउँपालिका आउनुभएका प्राविधिक अधिकृत छैठौं सन्तोष घर्ती मगर र  विजयनगर गाउँपालिका कपिलवस्तु बाट सरुवा भैइ आएको बंगलाचुली गाउँपालिका आउनु भएकी पशु स्वास्थ्य प्राविधिक पाचौ सविता न्याैपानेकाे स्वागत गरिएकाे छ । 

बंलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरको प्रमुख आतिथ्यता एवम् उपाध्यक्ष भक्त बहादुर जि.सी.काे विशिष्ट आतिथ्यतामा उक्त  कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बंगलाचुली गाउँपालिका का विभिन्न शाखाका प्रमुख तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण बंगलाचुली गाउँपालिका प्रशासन शाखा प्रमुख नुमाकान्त कालाथाेकीले गर्नुभएको थियो।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  ०६:४५
प्रतिक्रिया दिनुहोस्
समाचार