सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,२२ मंसिर - दाङकाे घाेराही १ स्थित अम्विका मावि हर्नाेक दाङका गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएकाे छ । विद्यालयका प्रधानाध्यापक सन्त बहादुर पुनले आफ्नो जन्म दिनकाे अपसरमा कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने १२ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई कापी र कलम वितरण गर्नुभएको हाे ।
घाेराही उप महानगरपालिकाकाे विकट विद्यालयकाे रूपमा रहेकाे अम्बिका माविमा अध्ययन गर्ने अधिकांश विद्यार्थी गरिव तथा असहाय रहेका छन् । ति विद्यार्थीलाई शैक्षिक सामग्रीको अभावमा पढाइमा असर नपुगाेस भनेर विपन्न र जेहेन्दारलाई शैक्षिक सामग्री वितरण गरेकाे प्रधानाध्यापक पुनले जानकारी दिनुभयाे ।
उहाले गत बर्षपनि जन्म दिनकै अवसरमा शैक्षिक सामग्री वितरण गर्नुभएको थियाे ।