पिडित स्थानीय र सम्बन्धित सिमेन्ट उद्योग र टिप्पर व्यावसायी बिच छलफल विना निष्कर्ष 

सोमबार, मंसिर २२, २०८२

कमिरेचौर २३ मंसिर - दाङको बंगलाचुली गाउँपालिकामा आन्दोलित स्थानिय र सिमेन्ट उद्योगी, बंगलाचुली गाउँपालिका र टिप्पर व्यवसायी बिच छलफल भएको छ । मंसिर १६ गते देखि बंगलाचुली गाउँपालिका वडा नम्बर ३ र ४ का स्थानीयले सिमेन्ट उद्योग र टिप्पर सञ्चालनमा रोक लगाएका थिए ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

 सो विषयमा आज छलफल भएको हो । छलफलमा पिडित स्थानियले कम्तिमा बंगलाचुली गाउँपालिका भित्र पर्ने सडक कालोपत्रे गर्ने, जुम्लेपानीको कालोपोखरा देखि तापा सम्म फुटपाथ निर्माण गर्नुपर्ने, तापाचोक देखि तापा सम्मको सडकमा परेका खाल्डा खुल्डि मर्मत गर्नुपर्ने, ओभरलोड र गति नियन्त्रण गर्नुपर्ने लागु गरिएको समयको पालना गर्ने लगायतको माग आन्दोलित स्थानियको माग रहेको थियो । तर आन्दोलित स्थानीय र सिमेन्ट उद्योग र टिप्पर व्यवसायी विच सहमति हुन नसक्दा छलफल विना निष्कर्ष टुङ्गिएको छ ।

 पिडित स्थानियहरुले पहिले सिमेन्ट उद्योग टिप्पर व्यावसायी र जनता विच भएको सहमति कार्यान्वयन नगरेको आरोप लगाएका थिए । स्थानीयले उठाएका माग मध्ये केहि कुरामा सहमति जुट्न नसकेपछि छलफल विना निष्कर्ष टुङ्गिएको हो । मंसिर २५ गते फेरि छलफलमा बस्ने गरि आजको छलफल विना निष्कर्ष सकिएको हो । 

छलफलमा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुन, सगरमाथा सिमेन्ट उद्योगको तर्फबाट अमर सुवेदी, सम्राट सिमेन्ट उद्योगको तर्फबाट बलदेव मल्ल, सुभश्री अग्नि सिमेन्ट उद्योगका तर्फबाट शोभाराम भण्डारी, बंगलाचुली गाउँपमलिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण आचार्य, वडा नम्बर ३ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता शोभाराज विश्वकर्मा, वडा नम्बर ४ का अध्यक्ष डास बहादुर डाँगी, वडा नम्बर ६ का अध्यक्ष डोम बहादुर केसी लगायत आन्दोलित वडा नम्बर ३ र ४ का स्थानीयहरु लगायत सुरक्षा कर्मीहरुको उपस्थिति रहेको थियो ।595119317_2400151583789201_4686511660903311541_n-1765200990.jpg

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  १९:२१
प्रतिक्रिया दिनुहोस्
समाचार