सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दंगीशरण,२४ मङ्सिर - डिजिटल युगसँग समानान्तर रूपमा अघि बढ्नुपर्ने आवश्यकता महसूस गर्दै दंगीशरण गाउँपालिकाले महिलाहरूलाई लक्षित गर्दै तीन महिनाको डिजिटल वित्तीय साक्षरता तथा उद्यमशिलता विकास तालिम सम्पन्न गरेको छ।
प्रेक्टिकल एक्सन, डिप्रोक्स नेपाल र समुन्नति डिजिटल फाइनान्स परियोजनाको प्राविधिक सहयोगमा तथा दंगीशरण गाउँपालिकाको आयोजनामा सञ्चालित तालिम दंगीशरण-१ स्थित वडा कार्यालय रामपुरमा एक कार्यक्रमका बीच समापन गरिएको हो।
कार्यक्रममा सहभागी महिलाहरूले तालिममार्फत आफूहरू दैनिक जीवनका धेरै कामहरू अब मोबाइलकै माध्यमबाट सजिलै गर्न सक्ने क्षमता विकास भएको बताएका छन्। “अब घरमै बसेर बिजुली महसुल तिर्न, मोबाइल बैंकिङ प्रयोग गर्न, मौसमबारे जानकारी लिन, जियो कृषि एप्स लगायतका डिजिटल सेवाहरू उपयोग गर्न सकिने भयो,” सहभागीहरूले प्रतिक्रिया व्यक्त गरे।गाउँपालिकाले तालिमले महिलाहरूको आत्मविश्वास, डिजिटल पहुँच र उद्यमशील क्षमतामा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिएको छ।