Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

पिडित स्थानीय र सम्बन्धित सिमेन्ट उद्योग विच आज भएको छलफलमा पनि सहमति  हुन सकेन

बिहीबार, मंसिर २५, २०८२

कमिरेचौर २५ मंसिर - दाङको बंगलाचुली गाउँपालिकामा आन्दोलित स्थानिय र सिमेन्ट उद्योगी, बंगलाचुली गाउँपालिका र टिप्पर व्यवसायी बिच छलफल आज फेरि छलफल भएको छ । छलफलमा अधिकांश वुदामा सहमति जुटेपनि एउटा बुदामा सहमति जुट्न सकेको छैन ।

 बंगलाचुली गाउँपालिकाको सिमाना देखि तापाचोक सम्मको सडक कालोपत्रे गर्नुपर्ने स्थानीयको माग रहेको थियो । तर सिमेन्ट उद्योगले पुर्व सहमति अनुसार ६ सय मिटर मात्र कालोपत्रे गर्ने अडान राखेपछि सहमति हुन नसकेको स्थानीय छविलाल डाँगीले जानकारी दिनुभयो । अन्य बुदामा भने सहमति भएको छ । मंसिर १६ गते देखि बंगलाचुली गाउँपालिका वडा नम्बर ३ र ४ का स्थानीयले सिमेन्ट उद्योग र टिप्पर सञ्चालनमा रोक लगाएका थिए । सो विषयमा मंसिर २२ गते छलफल भएको थियो । उक्त दिन छलफल निष्कर्षमा पुग्न नसकेपछि आज फेरि छलफल भएको थियो । सो विषयमा ३ वटा  सिमेन्ट उद्योगले छलफल गरि निर्णय गर्ने बताइएको छ ।

 छलफलमा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुन, उपाध्यक्ष भक्त बहादुर जिसि, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल ,सगरमाथा सिमेन्ट उद्योगको तर्फबाट अमर सुवेदी, सम्राट सिमेन्ट उद्योगको तर्फबाट बलदेव मल्ल, वडा नम्बर ३ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता शोभाराज विश्वकर्मा, वडा नम्बर ४ का अध्यक्ष डास बहादुर डाँगी, वडा नम्बर ६ का अध्यक्ष डोम बहादुर केसी लगायत आन्दोलित वडा नम्बर ३, ४ र ६ का स्थानीयहरु लगायत सुरक्षा कर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  २०:०३
प्रतिक्रिया दिनुहोस्
समाचार