सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,२७ मंसिर - दाङकाे घाेराही १५ स्थित कलश बचत तथा ऋण सहकारी संस्थाकाे शिक्षा उपसमितिकाे आयाेजनामा बाल सदस्यहरूका लागि निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । शिक्षा उपसमितिका संयाेजक केशव रिजालकाे अध्यक्षता तथा संस्थाका अध्यक्ष माधव खनालकाे प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हाे ।
जस अन्तरगत कक्षा ६ देखि १२ कक्षाका विचमा भएको समृद्ध र सुखी जीवनका लागि आर्थिक बचत विषयक निबन्ध लेखन प्रतियोगितामा माउन्ट भ्यू बाेर्डिङ स्कुलकी रक्षा शर्मा प्रथम,माउन्ट भ्यू बाेर्डिङ स्कुलकै छात्रा सिमरन याेगी द्वितीय र ज्ञानशिन्धु एजुकेशनलका स्वपनिल भूसालले तृतीय स्थान हासिल गरेमा थिए । यस्तै कक्षा १ देखि ५ सम्म मानव जीवनमा आर्थिक बचतकाे महत्त्व विषयक निबन्ध प्रतियोगितामा ज्याेतीपुञ्ज माविका समृद्धि पाेख्रेल प्रथम,नाेवेल शर्मा द्वितीय र समृद्धि बुढाथाेकीले तृतीय स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा विजय प्रथम,द्वितीय र तृतीयलाई क्रमश तीन हजार,पच्चिस सय र दुई हजारका दरले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियाे ।
प्रतियाेगितामा विभिन्न विद्यालयमा अध्ययनरत ३६ जना बढि वाल सदस्यहरूकाे सहभागिता रहेकाे थियाे । प्रतियोगिताकाे निर्णायकमा जनता संस्कृत मावि विजाैरीमा नेपाली शिक्षक तथा पूर्व श्राेत व्यक्ति दामाेदर अधिकारी रहनुभएकाे थियाे । शिक्षा उपसमितिका सदस्य श्रीधर पन्तकाे स्वागत मन्तव्यवाट सुरू भएको कार्यक्रममा संस्थामा संस्थापक अध्यक्ष तथा सल्लाहकार बालचन्द्र शर्माले कलशमा आवद्ध वाल सदस्यहरूलाई सक्रिय बनाउन निबन्ध प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिनुभयाे । साेही अवसरमा भएको कुर्सिदाैड प्रतियोगितामा रक्षा शर्मा प्रथम,सुदिक्षा घिमिरे द्वितीय र सविन भूसाल तृतीय भएका थिए । कार्यक्रमकाे सञ्चालन संस्थाका सचिव विमल याेगीले गर्नुभएको थियाे ।