सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ,२७ मंसिर - नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (NEVLA) दाङको ११औँ जिल्ला अधिवेशन शनिबार घोराहीस्थित भेट. अ. तथा प. से. विजेन्द्रको सभाहलमा सम्पन्न भएको छ।
दाङ जिल्ला अध्यक्ष दामोदर आचार्यको अध्यक्षतामा सम्पन्न अधिवेशनको सहजीकरण **खड्क के.सी.**ले गरेका थिए। अधिवेशनमा संगठनको प्रगति तथा गतिविधिबारे सचिव अमर वलीले प्रतिवेदन पेश गरेका थिए।
अधिवेशनमा नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसनका केन्द्रीय सदस्य खिम बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी थिए।
अधिवेशनले पूर्णबहादुर वलीको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नयाँ कार्यसमितिको उपाध्यक्षमा खड्क के.सी., सचिवमा गणेश चौधरी, सहसचिवमा दिपक कुमार राणा र कोषाध्यक्षमा शिला डी.सी. चयन भएका छन्।
यसैगरी सदस्यहरूमा प्रेमबहादुर घर्ती मगर, घनश्याम वली, भावना पौडेल, दिपा पुन मगर, अनिल वली र भक्त रोका मगर चयन भएका छन्।
अधिवेशनको अवसरमा “दिगो विकास एवं समृद्ध नेपाल निर्माणमा पशु विकासको आवश्यकता तथा प्राविधिक जनशक्तिहरूको सक्रियता आजको अपरिहार्यता” भन्ने विषयमा समेत छलफल गरिएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले पशुपालन तथा पशु स्वास्थ्य क्षेत्रमा कार्यरत प्राविधिक जनशक्तिको भूमिका महत्वपूर्ण रहेको बताउँदै संगठनलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।
छन्।